back
NMB ad

पुष्प मेलाको तेस्रो दिन सम्म ५२ लाख बढीको कारोबार

Kumari bank ad

काठमाडौ । नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोग तथा फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा बिहिबारबाट सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पोको तेस्रो दिन सम्म ५२ लाख बराबरको कारोबार भएको छ । एक्स्पोको पहिलो दिन ९ लाख १६ हजार, दोस्रो दिन १६ लाख १९ हजार बराबरको कारोबार भएकोमा तेस्रो दिन अर्थात शनिबार मात्र २५ लाख ७१ हजार बढीको कारोबार भइसकेको फ्लोरिकल्चर एशोसिएशन नेपालले जनाएको छ ।

मेलाको उद्घाटन भएको दिन १२ हजार ५ सय, दोस्रो दिन १४ हजार ९ सय ५० र तेस्रो दिन १२ हजार ६ सय बढी अबलोकनकर्ता प्रदर्शनीमा अबलोकन गर्न आएका मेला संयोजक तथा फ्लोरिकल्चर एशोसिएसन नेपालका बरिष्ठ उपाध्यक्ष दिलिप बादेले बताए । मेलाको अन्तिम दिन आइतबार सम्म ७५ लाख बढीको कारोबार हुने अनुमान फ्यानले गरेको छ । मेलामा एकै जना उपभोक्ताले ५० हजार रुपैयाँ बढीका फूल तथा बोटबिरुवा खरिद गरेको एस आर नर्सरीका संचालक तथा फ्यान कार्यसमिती सदस्य सुनिल स्याङतानले बताए । उनले १२ महिनै फूल्ने एजेलिया, सुन्तला, मुन्तला र अम्बाका बिरुवाहरु आफ्नो स्टलबाट बढी कारोबार भइरहेको बताए ।

आफूले ब्यापारका लागि नभएर प्रचार प्रशारलाइ लक्षित गरि स्टल सजावट गरेको बताउँदै अजिमा नर्सरीका संचालक कुमार कार्कीले आफ्नो स्टलमा फोटो खिच्नेहरुको घुँइचो लागिरहेको बताए । उनले हरेक बर्ष आफ्नो स्टललाई सर्बसाधारणले मन पराउने गरेको समेत बताए ।

यसैगरि शिष्टता नर्सरीका संचालक राजकृष्ण बजगाँइले सयपत्री, साइकलमेन, क्याल्सेरिया, कृष्णकली लगायतका अन्य बोट बिरुवाको कारोबार राम्रो भएको बताउँदै गएका बर्षहरुमा भन्दा राम्रो कारोबार भइरहेको बताए ।

गएका बर्षहरुमा जस्तै मेलाको अन्तिम दिन अबलोकनकर्ताको उल्लेख्य सहभागिता हुने र कारोबार पनि राम्रो हुने अनुमान फ्यानले गरेको छ । मेला आइतबार सम्पन्न हुँदै छ ।

प्रकाशित मितिः २०७३ चैत १९

वि.सं.२०७३ चैत १९ शनिवार १४:४७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...