back
NMB ad

सेयर किन्दै हुनुहुन्छ ? एक पटक मूल्य समायोजित भाउ हेर्ने कि ?

Kumari bank ad

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा हिजो सोमबार चार वाणिज्य बैंक सहित पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेले सानिमा बैंक, लक्ष्मी बैंक, कृषि विकास बैंक, सेञ्चुरी बैंक र सेति फाइनान्सको सेयरमूल्य समायोजन गरेको हो ।

सानिमा बैंकको ३० प्रतिशत हकप्रद पछि प्रति कित्ता ४ सय ६५ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य ५ सय २८ रुपैयाँ रहेको छ । त्यस्तै, शतप्रतिशत हकप्रद पश्चात लक्ष्मी बैंकको सेयर मूल्य ४ सय ४९ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य ४ सय ५५ रुपैयाँ रहेको छ ।

त्यस्तै, २० प्रतिशत बोनस पछि कृषि विकास बैंकको प्रति कित्ता ४ सय ७८ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य ५ सय ३० रुपैयाँ छ । सेञ्चुरीको दश प्रतिशत बोनस पछि सेयर मूल्य ३ सय ६२ कायम भएको छ । जसको आधार मूल्य ३ सय ७१ रुपैयाँ छ ।

यसैगरी, सेति फाइनान्सको पनि ३.६ प्रतिशत बोनस पछि सेयर मूल्य २ सय ५१ कायम भएको छ । जसको आधार मूल्य २ सय ५२ रुपैयाँ रहेको छ ।

२२ चैत २०७३, ७।००

वि.सं.२०७३ चैत २२ मंगलवार ०७:३० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...