back
NMB ad

अब नेपालमा कहिल्यै लोडसेडिङ हुँदैन, किन ?

Kumari bank ad

ऊर्जामन्त्री जनार्दन शर्माले मुलुक अब उज्यालो युगमा प्रवेश गरेकाले आगामी दिनमा कोही कसैले पनि विद्युतभार कटौती गर्न नसक्ने स्पष्ट पारेका छन् । नेपाली दूतावास मलेसिया र गैरआवासीय नेपाली सङ्घ(एनआरएन)ले मलेसियामा आयोजना गरेको ‘नेपालको ऊर्जा क्षेत्रमा मलेसिया र एनआरएनको भूमिका’ विषयको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युतभार कटौती अन्त्यपछि मुलुकको आर्थिक क्षेत्रमा उल्लखनीय परिवर्तन भएको, आर्थिक वृद्धि दर २५ वर्षपछि सबैभन्दा धेरै हुन लागेको तथा नागरिकमा उत्साहको सञ्चार भएकाले ऊर्जा क्षेत्रमा थप लगानीका लागि आग्रह गरेका हुन् ।

सरकारले ‘नेपालको पानी जनताको लगानी’ भन्ने नारा अगाडि सारेर योजनाबद्ध रुपमा जलविद्युत् क्षेत्रको विकासमा लागेको बताउँदै विदेशी भूमिमा सिकेको सीप र क्षमताको उचित सदुपयोग गरी राष्ट्र निर्माणको महाअभियानमा लाग्न आग्रह गरे । मलेसियाका लागि नेपाली राजदूत डा निरञ्जनमानसिंह बस्नेतले मलेसियाको सीप र प्रविधिलाई अनुसरण गरेर नेपालको विकास र आर्थिक समृद्धिको अभियान अगाडि बढाउन सकिने धारणा राखे ।

कार्यक्रममा मलेसियामा कार्यरत नेपाली श्रमिक तथा उद्योगी तथा व्यवसायीलाई ‘नेपालको पानी जनताको लगानी’ अवधारणामा सहभागी भएर जलविद्युतमा लगानी गर्न आग्रह गरिएको थियो । रासस

प्रकाशित मितिः २०७३ चैत २७

वि.सं.२०७३ चैत २७ आइतवार १४:५२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...