back
NMB ad

शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको परिक्षा केन्द्र र मिति तोक्यो, कसको परिक्षा केन्द्र कहाँ पर्यो ?

Kumari bank ad

भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरुका लागि खुलाइएको आन्तरिक विज्ञापनको परीक्षा मिति र परीक्षा केन्द्र निर्धारण गरेको छ । यस अघि परीक्षा मिति र परीक्षा केन्द्र पछि तोक्नेगरी आयेगले विज्ञापन गरेको थियो ।

अस्थायी शिक्षकहरुको लागि खुलाइएको आन्तरिक परीक्षा असार २४ गते शनिवार ११ बजे पाँचै विकास क्षेत्रमा एकैचोटी हुने भएको छ । आयोगले बुधवार परीक्षाको मिति र केन्द्र सार्वजनिक गरेको हो ।

आयोगले यसअघि परीक्षा मिति पछि तोक्नेगरी प्रावि, निमावि र मावि तहमा ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि विज्ञापन गरेको थियो । यसअघि तथ्यांक नआएर बाँकी रहेका जिल्लामा समेत विज्ञापन गरिएको छ ।

माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तीनै तहको परीक्षा एकैदिन हुने आयोगले जनाएको छ । अयोगले दरखास्त संकलन गर्ने जिल्ला शिक्षा कार्यालयहरुले आ–आफ्नो जिल्लाको उम्मेदवारहरुको तहगत÷विषयगत विवरण २०७४ जेठ ७ गतेभित्र परीक्षा केन्द्र तोकिएका जिल्लाहरुमा पठाई आयोगमा जानकारी गराउन समेत भनेको छ ।

हेर्नुहोस् परिक्षा केन्द्र कहाँ पर्यो ?

क. पूर्वाञ्चल क्षेत्र अन्तर्गत जिल्लाहरुको लागि – जिल्ला शिक्षा कार्यालय, झापा
ख. मध्यमाञ्चल क्षेत्र अन्तर्गत जिल्लाहरुको लागि – जिल्ला शिक्षा कार्यालय, काठमाडौं
ग. पश्चिमामाञ्चल क्षेत्र अन्तर्गत जिल्लाहरुको लागि– जिल्ला शिक्षा कार्यालय, कास्की
घ. मध्यपश्चिमामाञ्चल क्षेत्र अन्तर्गत जिल्लाहरुको लागि– जिल्ला शिक्षा कार्यालय, वाँके
ङ. सुदूरपश्चिमामाञ्चल क्षेत्र अन्तर्गत जिल्लाहरुको लागि– जिल्ला शिक्षा कार्यालय, कंचनपुर

प्रकाशित मिति २०७३ चैत ३१

वि.सं.२०७३ चैत ३१ बिहीवार ११:२७ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...