back
NMB ad

तीन पतिले प्रधानमन्त्री प्रचण्डलाई जहिले पनि झस्काउँछ !

Kumari bank ad

काठमाडौ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन पतिले आफू बेलाबेला झस्किने गरेको बताएका छन् । डा. विष्णु दाहालको पुस्तक ‘पशुपतिमा सात दिन’ को बिहीबार लोकार्पण गर्दै प्रचण्डले आफ्नो पहिलो प्रधानमन्त्री कालमा भएका तीन घटना सम्झिएका हुन् ।

प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा पशुपतिनाथमा भारतीय पुजारीको सट्टा नेपाली पुजारी राख्ने निर्णय भएको थियो । डा.दाहाल पुजारी नियुक्त भएका थिए । तर, नेपाली कांग्रेस, एमालेसहितका दलहरुको आन्दोलन र भारतीय दबावमा निर्णय उल्टियो । प्रचण्ड सरकारले तत्कालीन प्रधानसेनापति रुकमाङ्गत कटवाललाई हटाउने निर्णय गर्‍यो । तर, कांग्रेस र एमालेसहितका दलले राष्ट्रपति गुहारे र सेनाका परामाधिपतिका हैसियतमा डा.रामवरण यादवले कटवाललाई थामौती दिए ।

यो प्रकरणपछि माओवादीले नागरिक सर्वोच्चको नारा दिएर राष्ट्रपतिविरुद्ध आन्दोलन नै थाल्यो । तर, माओवादीको त्यो आन्दोलन पनि सफल भएन ।

शान्ति प्रक्रिया हुँदै संविधानसभाको पहिलो चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको माओवादीको पतन त्यही ६ दिने आन्दोलनको असफलतासँगै सुरु भएको मानिन्छ ।

माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले भने तीन वटै क्षेत्रमा आफूले सुधार गर्न खोजेको बताए ।

‘पशुपतिमा सात दिन’ पुस्तक प्रज्ञाभवनमा लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘म पशुपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, राष्ट्रपतिको बारेमा कुरा गर्न पनि झस्किन्छु, सेनापतिको बारेमा कुरा गर्नपर्‍यो भने पनि झस्किन्छु । तर, कुरा के प्रष्टै हो भने चाहे पशुपति, चाहे राष्ट्रपति चाहे सेनापति तीनटैमा मैले नेपाली जनताको भाबनालाई, नेपाल राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने जमर्को गरेको थिएँ । हुनसक्छ मैले धेरै ढंग पुर्‍याउन सकिन होला अहिले फर्केर हेर्दा । तर मेरो पबित्र भावना थियो ।’

प्रकाशित मिति २०७३ चैत ३१

वि.सं.२०७३ चैत ३१ बिहीवार १३:१९ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...