back
NMB ad

डिपिएल क्रिकेट: रुपन्देहीको ह्याट्रिक, काठमाडौ पराजित

Kumari bank ad

काठमाडौ । धनगढी प्रिमियर लिग ९डिपिएल० क्रिकेट अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले काठमाडौं गोल्डेन्सलाई १५ रनले पराजित गरेको छ । यो जितसँगै रुपन्देहीले लगातार तीन खेल जितेको छ ।

१ सय ३६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट जाँदा १ सय २० रन मात्र बनाउन सक्यो । काठमाडौंका लागि सुभेन्दु पाण्डेले १४ बलमा २० रन, सुमित महर्जनले ३७ बलमा २७ रन, रोहित कुमारले १७ बलमा २० रन बनाए । काठमाडौंका सातजना ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

रुपन्देहीका शक्ति गौचनले तीन, विक्रम शोब र कृष्ण कार्कीले दुई दुई साथै पुष्प थापा र साहव आलमले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देहीले निर्धारित २० ओभरमा ९ विकेट जाँदा १ सय ३५ रन बनाएको थियो । रुपन्देहीका शंकर रानाले ३६ बलमा १६ रन, नुरध्वज सेनले २२ बलमा ३७ रन, पुष्प थापाले ३३ बलमा ३६ रन, प्रकाश केसीले १० बलमा १२ रन र बिक्रम शोबले ५ बलमा १० रन बनाए । काठमाडौंका लागि सोमपाल कामीले ४ साथै मञ्जित श्रेष्ठ, बसन्त रेग्मी र सन्तोष भट्टले एक एक विकेट लिए ।

प्रकाशित मितिः २०७४ बैशाख १

वि.सं.२०७४ वैशाख १ शुक्रवार १३:४० मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...