back
NMB ad

थाहा पाईराख्नोस्,७ बैंकको हकप्रद र १ लघुवित्तको आइपीओ आउँदै !

Kumari bank ad

काठमाडौ। बैशाखमा ७ कम्पनीको हकप्रद र एक लघुवित्त बिकास बैंकको आइपीओ आउने भएको छ । नेपाल बैंक, लक्ष्मी बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, गरिमा बिकास बैंक, सानिमा बैंक, नेपाल बंगलादेश बैंक र तिनाउ बिकास बैंकले बैशाखभित्रै हकप्रद सेयर जारी गर्न लागेका हुन् ।

माहुली लघुवित्त कम्पनी

माहुली लघुवित्त कम्पनीले भने १ लाख २० हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । माहुली सामुदायिक लघवित्त वित्तीय संस्थाको सेयर बिक्री बैशाख ७ गतेबाट सुरु हुने भएको छ । कम्पनीको सेयर बिक्री चाँडोमा बैशाख ११ गते र ढिलोमा बैशाख २१ गते बन्द हुने भएको छ ।

कम्पनीको सेयरमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड, सनराइज बैंकका शाखाहरु, माहुली लघुवित्तका शाखाहरुबाट आवेदन दिन सकिनेछ । कम्पनीको सेयरमा आवेदन दिदा न्युनत्तम ५० कित्ता र अधिकत्तम ६ सय कित्ताको लागि माग गर्न सकिने छ । कम्पनीको कुल १ लाख २० हजार कित्ता सेयरमध्ये १ लाख ९ हजार कित्ताको लागि मात्र आवेदन दिन सकिनेछ । बाँकी सेयर कर्मचारी र सामुहिक लगानी कोषको लागि छुट्याएको छ ।

लक्ष्मी बैंक

लक्ष्मी बैंकले बैशाख ३ गतेदेखि १ बारबर १ अनुपातमा हकप्रद जारी गर्ने भएको हो । जेठ ७ गतेसम्म खुल्ने यस निष्काशनमा गत चैत १७ सम्म सेयर स्वामित्व हुनेले मात्र आवेदन दिन पाउछ । बैंकको सबै कार्यालय र लक्ष्मी क्यापिटलको कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिन्छ ।

नेपाल बैंक

नेपाल बैंकले बैशाख ७ गतेदेखि जेठ १० गतेसम्म २३.७४ प्रतिशत हकप्रद जारी गर्न लागेको हो । चैत २९ गतेसम्म सेयर स्वामित्व हुनेले मात्र आवेदन दिन पाउने भएको छ । यस सेयरमा बैंकको केन्द्रिय कार्यालय र सिभिल क्यापिटल मार्केटबाट आवेदन दिन सकिन्छ ।

सिद्धार्थ डेभलपमेन्ट बैंक

सिद्धार्थ डेभलपमेन्ट बैंकले बैशाख ७ गतेदेखि जेठ १० गतेसम्म १० बराबर ६ अनुपातमा हकप्रद जारी गर्दैछ । बैंकको सेयरमा गत फागुन १९ गतेसम्म सेयर स्वामित्व हुनेले मात्र आवेदन दिन पाउनेछ । बैंकको सबै कार्यालय र नबिल इन्भेष्टमेन्ट बैंकिङबाट बैंकको सेयरमा आवेदन दिन पाइनेछ ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकको बैशाख ७ गतेबाट १० बराबर ८ अनुपातमा हकप्रद सेयर जारी हुन लागेको छ । बैशाख १० गतेसम्म खुला रहने सेयर निष्कासनमा चैत १६ गतेसम्म स्वामित्व हुनेले मात्र आवेदन दिन सक्नेछ । बैंकको हकप्रद निष्कासनपछि चुक्ता पुँजी ७ अर्ब २२ करोड रुपैयाँ पुग्ने छ । बैंकले १० प्रतिशत बराबर बोनस सेयर दिएमा राष्ट्र बैंकको निर्देशन अनुसार चुक्ता पुँजी ८ अर्ब रुपैयाँ पुग्नेछ ।

बैंकको सेयरमा बैंककै शाखा कार्यालयहरु र सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटलको जमल स्थित कार्यालयबाट आवेदन दिन सकिनेछ ।

गरिमा बिकास बैंक

गरिमा बिकास बैंकले १० बराबर ७ अनुपात (९० लाख ७६ हजार कित्ता) हकप्रद सेयर जारी गर्ने भएको छ । चैत ३० गतेसम्म बैंकको सेयर खरिद गरेका वा त्यो अवधिसम्म सेयर स्वामित्व भएकाहरुले आवेदन दिन सक्ने छन् ।

बैंकको सेयर बैशाख १४ गतेदेखि जेठ १७ गतेसम्म बिक्री खुला हुनेछ । एस क्यापिटल, एस डेभलपमेन्ट बैंकका शाखा कार्यालयहरु, गरिमा बिकास बैंकका शाखा कार्यालयहरु, महालक्ष्मी बिकासका शाखा, एक्सेल डेभलपमेन्टको शाखा कार्यालयहरुबाट हकप्रदमा आवेदन दिन सकिनेछ ।

सानिमा बैंक

सानिमा बैंकले बैशाख १७ गतेदेखि जेठ २१ गतेसम्म १० बराबर ३ अनुपातमा हकप्रद जारी गर्न लागेको हो । चैत १७ गतेसम्म सेयर स्वामित्व हुनेले मात्र आवेदन दिन पाउने भएको छ । यस सेयरमा बैंकको सबै कार्यालय, सिबिआइएल क्यापिटल र सानिमा क्यापिटलबाट आवेदन दिन सकिन्छ ।

तिनाउ डेभलपमेन्ट बैंक

तिनाउ डेभलपमेन्ट बैंकले बैशाख १९ गतेदेखि १० बारबर ३.५ अनुपातमा हकप्रद जारी गर्ने भएको हो । जेठ २२ गतेसम्म खुल्ने यस निष्काशनमा बैशाख ५ गतेसम्म सेयर स्वामित्व हुनेले मात्र आवेदन दिन पाउछ । हकप्रद खरिद गर्न चहानेले बैशाख ५ गतेसम्म दोस्रो बजारबाट सेयर किनेर मौका जुराउन सक्छन् । बैंकको सबै कार्यालय, सिद्धार्थ बैंकका सबै शाखा कार्यालय र सिद्धार्थ क्यापिटलको कार्यालयबाट हकप्रदमा आवेदन दिन सकिन्छ ।

प्रकाशित मितिः २०७४ बैशाख २

वि.सं.२०७४ वैशाख २ शनिवार १३:१३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...