back
NMB ad

चीनको चेतावनी–उत्तर कोरियामा कुनैपनि बेला युद्धको हुनसक्ने

Kumari bank ad

चीनले उत्तर कोरियाको विषयमा तनाव बढ्दै गएको र त्यहाँ कुनै पनि बेला युद्धको अवस्था आउन सक्ने चेतावनी दिएको छ ।बढ्दै गएको तनावले यद्धको रुप लिने र त्यसबाट कसैको जित नहुने चीनका विदेश मन्त्री वांग यीले बताएका छन् ।

उत्तर कोरियाको परमाणु कार्यक्रमलाई लिएर अमेरिकाले चासो र चिन्ता व्यक्त गरिरहेका बेला चीनको यस्तो भनाई आएको हो । चीन उत्तर कोरियाको नजिकको सहयोगीको रुपमा मानिदै आएको छ ।

उत्तर कोरियाका विषयमा बढ्दै गएको तनावका कारण हुने युद्धले गर्दा आफ्नो सीमा क्षेत्रमा समस्या आउन सक्ने भन्दै चीनले चिन्ता जनाएको छ । चीनका विदेश मन्त्री वांगले जुनसुकै प्रकारबाट एक अर्कालाई भड्काउने तथा धम्काउने क्रियाकलापबाट बचि भयावह अवस्था सिर्जना हुन नदिन सबै पक्षसँग आग्रह गरे ।

अमेरिकाले कोरियाली प्रायद्विपमा आफ्नो एक नौसैनिक युद्धपोत तैनाथ गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली समस्याको समाधान खोजिने बताएपछि चीन थप चिन्तामा परेको हो ।

प्रकाशित मितिः २०७४ बैशाख २

वि.सं.२०७४ वैशाख २ शनिवार १४:१३ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...