काठमाडौ। लक्ष्मी बैंकले आइतबार देखि हकप्रद शेयर निस्कासन गरेको छ। गत १७ चैतसम्म दोस्रो बजारबाट शेयर खरीद गर्नेहरुले हकप्रद आवेदन गर्न पाउनेछन्।
बैंकले तीन अर्ब १५ करोड ९० लाख ३० हजार रुपैयाँ बराबरको तीन करोड १५ लाख ९० हजार कित्ता हकप्रद शेयर निस्कासन गरेको हो। शेयरधनीले आफुसँग भएको शेयरको शतप्रतिशत लगानी गर्न पाउनेछन्। आगामी ७ जेठसम्म आवेदन दिन पाइने जनाइएको छ।
राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन बैंकले हकप्रद दिएको हो। बैंकले यस अघि प्रोफेसनल दियालो विकास बैंकलाइ प्रति कित्ता ५० रुपैयाँमा खरीद गरेको थियो। बैंकले यस अघि नै ३८ प्रतिशत बोनस शेयर घोषणा गरि सकेको छ। प्रोफेसनलका शेयरधनी एवं हकप्रद आवेदकले पनि उक्त लाभांश पाउने बैंकले जनाएको छ।
प्रकाशित मितिः २०७४ बैशाख ३
वि.सं.२०७४ वैशाख ३ आइतवार १०:१४ मा प्रकाशित