back
NMB ad

एमालेले धादिङ थाँक्रेको अध्यक्षमा आचार्य र उपाध्यक्षमा रुपाखेतीलाई उम्मेदवार बनाउने

Kumari bank ad

धादिङ । आगामी बैशाख ३१ गते हुन लागेको स्थानिय निकायको निर्वाचनका लागि नेकपा (एमाले) धादिङले थाक्रे गाउँपालिकमा अध्यक्ष, उपाध्यक्षमा जिल्ला कमिटि सदस्य एवं गाउँ पार्टी संयोजक रामकुमार आचार्य र उपाध्यक्षमा अम्विका रुपाखेतीलाई अघिसार्ने निर्णय गरेको छ । शनिवार सम्पन्न गाउँ स्तरिय कार्यकर्ता भेलाबाट जिल्ला कमिटि सदस्य एवं गाउँ पार्टी संयोजक रामकुमार आचार्य र उपाध्यक्षमा अम्विका रुपाखेतीलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

३ नं.प्रदेश कमिटिका सदस्य नेत्रराज पौडेलको संयोजकत्वमा भएको कार्यकर्ता भेलामा आसन्न निर्वाचनका लागि उमेद्वार बन्न इच्छुक आकांक्षीहरुबीचमा ब्यापक छलफल भएको थियो । थाँक्रे गाउँपालिकामा अध्यक्षका लागि रामकुमार आचार्यको अलावा कृष्ण पन्त, गोकर्ण रुपाखेती, शंकर तामाङ, नविन रिजालले आकांक्षा राखेका थिए । त्यस्तै उपाध्यक्षमा अम्बिका रुपाखेतीको अलावा उर्मिला रेग्मीको पनि चाहना थियो ।

भेलाले सवै आकांक्षीहरुलाई निर्वाचनमा एक ढिक्का बनाई लान उपर्युक्त जिम्मेवारी दिई उचित सम्मान गर्दे नेकपा एमालेलाई सवै वडामा प्यानल सहित विजय गराउने सर्वसम्वत निर्णय गरेको छ । यसका लागि केही दिनमा नै ११ वटै वडामा सर्वसम्मत वडा प्रतिनिधी चयन गर्ने समेत निर्णय गरेको छ ।

जिल्लाकै दोश्रो धेरै मतदाता १०,८०६ महिला तथा १०,११४ जना पुरुष गरी २०,९२९ जना मतदाता रहेको एवं ११ वडामा विभाजन गरिएको उक्त गाउँपालिकामा साविकको केवलपुर, थाक्रे, तसर्पु, भुमेस्थान तथा गोगनपानीका ४ वटा वडा समावेश गरिएको छ । २०७० को दोश्रो संविधान सभाको निर्वाचनलाई हेर्ने हो भने यस गाविसमा नेकपा एमालेको अवस्था निकै मजबुत रहेको छ ।

प्रकाशित मितिः २०७४ बैशाख ३

वि.सं.२०७४ वैशाख ३ आइतवार ११:३९ मा प्रकाशित

You can share this post!

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

तातो हावाको लहर अझै बढ्ने, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:३३

काठमाडौँ, १७ वैशाख : विगत केही दिनदेखि देशका अधिकांश भू–भागको...

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

ग्लोबल आइएमई बैंकको ‘ग्लोबल ग्रीन आवास कर्जा’, स्थिर ब्याज दरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:२७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा...

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

सन नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, यस्ता छन् एजेण्डा

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:१६

काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा...

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...