back
NMB ad

चेल्सीका कप्तान टेरीले क्लब छोड्ने

Kumari bank ad

इंग्लिस क्लब चेल्सीका कप्तान जोन टेरीले यो सिजनको अन्त्यसँगै क्लब छोड्ने भएका छन् । झण्डै दुई दशकदेखि चेल्सीमा रहेका टेरीले यो सिजनको अन्त्यमा क्लब छोड्ने घोषणा गरेका हुन् ।

सन् १९९८ मा डेब्यु गरेका टेरीले अहिलेसम्म सबै प्रतियोगितामा गरेर चेल्सीबाट सात सय ७१३ खेल खेलेका छन् । त्यसमध्ये ५७८ खेलमा कप्तानको भूमिकामा खेलेका छन् । उनी चेल्सीका सबै भन्दा बढी सफल खेलाडीका रुपमा रहेका छन् । उनले चारपटक प्रिमियर लिगको उपाधि जितेका छन् ।

यस्तै उनले एकपटक च्याम्पियन्स लिग, पाँचपटक एफए कप, एक पटक युरोपा लिग र तीनपटक लिग कपको उपाधि चेल्सीबाट जितेका छन् । क्लब छोड्ने निर्णय गर्दै टेरीले आफूलाई अझै पनि मैदानमा धेरै अवसर रहेको तर चेल्सीमा ती अवसर सीमित बन्दै गएको बताए ।

३६ वर्षका टेरी १४ वर्षको हुँदा चेल्सीमा आएका थिए । उनले अहिलेसम्म क्लबबाट ६६ गोल गरेका छन् । यो सिजन उनले अहिलेसम्म प्रिमियर लिगका चार खेलमा मात्रै खेल्न पाएका छन् । उनले १७ वर्षको हुँदा लिग कपको खेलबाट चेल्सीबाट डेब्यु गरेका थिए । १९ वर्षको अवधिमा उनले प्रिमियर लिगमा ४० गोल गरेका छन् । उनले खेल जीवनको धेरै समय चेल्सीमै बिताएका छन् । उनी सन् २००० मा लोनमा नोनिङहम फरेस्टबाट खेलेका थिए ।

प्रकाशित मितिः २०७४ बैशाख ५

वि.सं.२०७४ वैशाख ५ मंगलवार १४:५४ मा प्रकाशित

You can share this post!

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

साझा यातायातका बसहरूमा बीमा सन्देश स्टिकहरू टाँस्न शुरू

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१९

काठमाडौं । नेपाल बीमा प्राधिकरणले साझा यातायातसँगको सहकार्यमा बीमा सम्बन्धी...

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

प्रधानमन्त्रीद्वारा पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ११:१०

काठमाडौँ, २१ वैशाख : नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको...

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

सुनको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:४२

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको...

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

हिमालयन डिष्टिलरीले सेयरधनीलाई गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १०:१२

काठमाडौं। हिमालयन डिष्टिलरी लिमिटेडले पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई...

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...