back
NMB ad

बजारमा १४ कम्पनीको करोडौं कित्ता आईपीओ/एफपिओ आउँदै

Kumari bank ad

काठमाडौ । विभिन्न क्षेत्रका १४ कम्पनीको प्राथमिक तथा थप प्राथमिक सेयर निष्कासन (आईपीओ/एफपीओ) बजारमा आउँदै छ । ती कम्पनीहरूले सेयर निष्कासन अनुमतिका लागि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

बोर्डबाट अनुमति पाएपछि ती कम्पनीको सेयर बजारमा आउनेछ । सेयर निष्कासनका लागि आवेदन दिने कम्पनीमा १० जलविद्युत्, २ बिमा र एक/एकवटा लघुवित्त र फाइनान्स कम्पनी छन् । यी कम्पनीहरूले १ करोड २८ लाख २७ हजार ४ सय ५ कित्ता सेयर निष्कासन गर्न लागेका हुन् ।

विद्यमान कानुनी व्यवस्थाअनुुसार बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र कम्पनीले सेयर निष्कासन गरिसक्नुपर्छ । तीमध्ये ६ वटा जलविद्युत् कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक निष्कासन गर्न लागेका छन् । बाँकी ८ कम्पनीमध्ये चारवटाले आईपीओ र चारवटाले थप प्राथमिक निष्सकान (एफपीओ) को अनुमति माग्दै आवेदन दिएको बोर्डले जनाएको छ ।

उल्लिखित १४ कम्पनीमध्ये १० कम्पनीले ५७ करोड ४० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेका हुन् । एफपीओ निष्कासन गर्ने तयारी गरेका चार कम्पनीको सेयर निष्कासन गर्ने रकम उक्त तथ्यांकमा समावेश छैन । उनीहरूले निष्कासन गर्ने एफपीओको प्रतिसेयर मूल्य उपर पुनरावलोकन (रिभ्यु) भइरहेकाले उल्लेख नभएको बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता निरज गिरीले बताए । ‘कम्पनीले प्रस्ताव गरेको मूल्य मापदण्डअनुसार छ/छैन भनेर अध्ययन गर्ने काम भइरहेको छ,’ प्रवक्ता गिरीले भने ।

जलविद्युत् कम्पनीहरूले आयोजना प्रभावित स्थानीयबासीलाई न्यूनतम १० प्रतिशत सेयर वितरण गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही व्यवस्थाअनुसार आधा दर्जन जलविद्युत् कम्पनीले स्थानीयबासीका लागि सेयर निष्कासन गर्न लागेका हुन् । यसरी सेयर निष्कासनको तयारीमा रहेका कम्पनीहरूमा आँखुखोला जलविद्युत्, मलुङखोला जलविद्युत्, गर्जङ उपत्यका हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र शुभम् पावर छन् ।

यसैगरी च्याङी हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर र हिमालयन पावर पार्टनरले सर्वसाधारणका लागि आईपीओ जारी गर्न लागेका हुन् । जसमध्ये च्याङीले ५ लाख ४० हजार कित्ता (५ करोड ४० लाख रुपैयाँ), नेपाल हाइड्रोले ३ लाख ९० हजार कित्ता (३ करोड ९० लाख रुपैयाँ) र हिमालयन पावरले २१ लाख ३० हजार कित्ता (२१ करोड ३० लाख) सेयर निष्कासन गर्न लागेका छन् ।

प्रिमियर इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, पोखरा फाइनान्स र बुटवल पावर कम्पनीले एफपीओ निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएका छन् । प्रिमियर इन्स्योरेन्सले ६ लाख ५९ हजार ५ सय ६५ कित्ता, शिखर इन्स्योरेन्सले १३ लाख ६२ हजार ७ सय ८१ कित्ता, पोखरा फाइनान्सले ९ लाख ८३ हजार ६ सय ८२ कित्ता र बुटवल पावरले ४० लाख ८१ हजार कित्ता सेयर निष्कासनको तयारी गरेका छन् ।

यसअघि अनुमति पाइसकेका माहुली सामुदायिक लघुवित्त वित्तीय संस्थाले बिहीबार (वैशाख ७ बाट) देखि आवेदन फाराम संकलन गर्दै छ भने राधी विद्युत् कम्पनीले मंगलबार (वैशाख ५ गते) बाट आवेदन संकलन गरिरहेको छ ।

चालु आर्थिक वर्षको हालसम्म मात्र ११ कम्पनीले आईपीओ जारी गरिसकेका छन् । आर्थिक वर्ष ०७२/७३ मा १६ कम्पनीले आईपीओ जारी गरेका थिए । पछिल्ला वर्षहरूमा आईपीओमा लगानीकर्ताको आकर्षण धेरै बढेको छ । कम्पनीहरूले आहवान गरेभन्दा धेरै गुणा बढीसम्म आवेदन पर्नुले त्यो पुष्टि हुन्छ ।

दोस्रो बजारको तुलनामा आईपीओको लगानी सुरक्षित हुने, सानो पुँजी पनि लगानी गर्न सकिने, छोटो समयमा राम्रो मुनाफा प्राप्त हुनेलगायत कारण लगानीकर्ताको आकर्षण बढेको विश्लेषकहरू बताउँछन् ।

सेयर बजारमा नयाँ प्रविधि (आस्वा) भित्रिएसँगै सबै जिल्लाबाट सेयरमा आवेदन दिन सकिने अवस्था रहेको, डिम्याट सेयरको मात्र कारोबार सुरु भएकोलगायत कारण सेयर बजारको आकर्षण झनै बढ्ने उनीहरूको तर्क छ ।यज्ञ बञ्जाडे/कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख ७

वि.सं.२०७४ वैशाख ७ बिहीवार १०:१२ मा प्रकाशित

You can share this post!

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...