back
NMB ad

दुई चरणमा स्थानीय तहको निर्वाचनः कुन जिल्लामा कहिले हुँदैछ (हेर्नुहोस् सूची)

Kumari bank ad

काठमाडौ। सरकार र मधेसी मोर्चाबीच दुई चरणमा निर्वाचन गर्ने सहमति भएसँगै स्थानीय निर्वाचनमा असन्तुष्ट पक्ष सहभागी हुने करिव निश्चित भएको छ। असन्तुष्ट पक्ष समेत निर्वाचनमा सहभागी हुँदा निर्वाचन दुई चरणमा गर्ने सहमति भएको छ।

सरकार र मधेसी मोर्चाको सहमति अनुसार पूर्व घोषित वैशाख ३१ गते तीनवटा प्रदेशमा चुनाव हुनेछ। जसमा प्रदेश ३, ४ र ६ रहेका छन्। असन्तुष्ट दलहरुको संगठनात्मक संरचना कमजोर र संगठन नै नभएका स्थानमा वैशाख ३१ मा नै चुनाव गर्ने सहमति भएको हो। अन्य चार प्रदेशमा जेठ ३१ मा निर्वाचन हुनेछ। जसमा प्रदेश १, २, ५ र ७ रहेका छन्।

जिल्लागत रुपमा नवलपरासीमा एकैपटक निर्वाचन नहुँने भएको छ। नवलपरासी बर्दघाट सुस्ता पूर्वको भूभाग प्रदेश ४ मा छ। जसमा वैशाख ३१ गते निर्वाचन हुनेछ। प्रदेश ५ मा रहेको बर्दघाट सुस्तापश्चिममा जेठ ३१ गते चुनाव हुनेछ।

यस्तै प्रदेश ६ मा रहेको रुकुमको पश्चिम भागमा वैशाख ३१ र प्रदेश ५ मा रहेको पूर्वी भागमा जेठ ३१ मा निर्वाचन हुनेछ। यसअघि प्रदेश २ मा मात्र दोस्रो चरणमा निर्वाचन गर्ने अनुमान गरिए पनि मधेशी दलको संगठनात्मक संरचना बलियो भएको सवै क्षेत्रका प्रदेशमा दोस्रो चरणमा निर्वाचन हुने गरी सरकार र मोर्चाबीच सहमति भएको हो।

वैशाख ३१ गते चुनाव हुने

प्रदेश ३
दोलखा
रामेछाप
सिन्धुली
काभ्रेपलाञ्चोक
सिन्धुपाल्चोक
रसुवा
नुवाकोट
धादिङ
चितवन
मकवानपुर
भक्तपुर
ललितपुर
काठमाडौं

प्रदेश ४
गोरखा
लमजुङ
तनहुँ
कास्की
मनाङ
मुस्ताङ
पर्वत
स्याङजा
म्याग्दी
बाग्लुङ
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)

प्रदेश ६
रुकुम (पश्चिम भाग)
सल्यान
डोल्पा
जुम्ला
मुगु
हुम्ला
कालिकोट
जाजरकोट
दैलेख
सुर्खेत

जेठ ३१ मा चुनाव हुने

प्रदेश १
ताप्लेजुङ
पाँचथर
इलाम
संखुवासभा
तेह्रथुम
धनकुटा
भोजपुर
खोटाङ
सोलुखुम्बु
ओखलढुंगा
उदयपुर
झापा
मोरङ
सुनसरी

प्रदेश २
सप्तरी
सिराहा
धनुषा
महोत्तरी
सर्लाही
रौतहट
बारा
पर्सा

प्रदेश ५
नवलपरासी (बर्दघाट सुस्तापश्चिम)
रूपन्देही
कपिलबस्तु
पाल्पा
अर्घाखाँची
गुल्मी
रुकुम (पूर्वी भाग)
रोल्पा
प्यूठान
दाङ
बाँके
बर्दिया

प्रदेश ७
बाजुरा
बझाङ
डोटी
अछाम
दार्चुला
बैतडी
डडेल्धुरा
कञ्चनपुर
कैलाली

प्रकाशित मितिः २०७४ बैशाख १०

वि.सं.२०७४ वैशाख १० आइतवार १३:४७ मा प्रकाशित

You can share this post!

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

कैलाश मानसरोवर दूरदर्शनले नेपालगञ्जका होटल भरिभराउ   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:४२

खजुरा (बाँके), १६ वैशाख : नेपालगञ्जबाट माउन्टेन फ्लाइटमार्फत कैलाश मानसरोवर...