back
NMB ad

बुधबारदेखि निजी बिद्यालयमा तालाबन्दी !

Kumari bank ad

काठमाडौ। विद्यार्थी संगठनहरुले निजी विद्यालयमा तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । निजी शैक्षिक संस्थाहरुले नियमविपरित चर्को शुल्क लिएको विषयमा छलफल गर्न सोमबार संयुक्त विद्यार्थी आन्दोलन समितिको बैठक बसेको थियो ।

बैठकले मंगलबार देशभरका जिल्ला शिक्षा कार्यालय अगाडि विरोध प्रदर्शनसहित धर्ना दिने तथा बुधबार चर्को शुल्क लिने निजी विद्यालयहरुको लेखा र प्रशासन शाखामा तालाबन्दी गर्ने निर्णय गरेको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

बैठकमा कांग्रेस निकट नेविसंघ, एमाले निकट अनेरास्ववियु, माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी, जनमोर्चा निकट अखिल छैटौं, माले निकट अखिल पाँचौं र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट निकट अखिल क्रान्तिकारीका नेताहरु सहभागी थिए ।

बैठकले विश्वविद्यालय तहको सेमेस्टर प्रणालीलाई व्यवस्थित बनाउन पनि माग गरेको छ ।

प्रकाशित मितिः २०७४ बैशाख ११

वि.सं.२०७४ वैशाख ११ सोमवार १७:४३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...