back
NMB ad

बैशाखमै विद्युत उत्पादन बढ्यो

Kumari bank ad

काठमाडौ । नदीमा पानीको बहाव बढेसँगै राष्ट्रिय प्रसारणमा जडित आयोजनाहरूका विद्युत उत्पादन बढ्न थालेको छ । हिउँदमा ८० प्रतिशतसम्म उत्पादन घटेका विद्युत् आयोजनाहरूबाट हाल साँझ–बिहान पूर्ण क्षमतामा उत्पादनमा हुन थालेको छ । ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन माघ–फागुनमा औसतमा २८ मेगावाटसम्म झरेको थियो । आयोजनाले कम्तीमा २० मेगावाट उत्पादन गरेको थियो ।

हाल बढेर औसत ४० मेगावाट विद्युत उत्पादन हुन थालेको मध्यमस्र्याङदी जलविद्युत् केन्द्रका प्रमुख पशुपतिराज गौतमले बताए । उनका अनुसार साँझबिहानको समय पूर्ण क्षमता (७० मेगावाट) विद्युत उत्पादन हुँदै आएको छ । ‘हिउँ र पानी परेका कारण नदीमा पानीको बहाव बढ्यो । विद्युत उत्पादन पनि बढदै गयो,’ उनले भने ।

यसै आर्थिक वर्षदेखि विद्युत उत्पादन थालेको ५० मेगावाटको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजना पनि साँझबिहान कहिलेकाहीँ पूर्ण क्षमतामा उत्पादन हुन थालेको छ । आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीका अनुसार हिउँदको समय २५ मेगावाटसम्म उत्पादन झरेकामा हाल बढेर ४० मेगावाट पुगेको छ । ‘२÷३ सातादेखि विद्युत् उत्पादन बढ्दै गएको छ,’ उनले भने ।
नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका अनुसार जिल्लामा सानाठूला ७ जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएका छन् । यसको कुल क्षमता १३५.५८ मेगावाट छ । प्राधिकरणका इन्जिनियर सचेन्द्रकुमार कर्णका अनुसार हाल ८८.१७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । हिउँदको समय ६५ मेगावाटसम्म विद्युत् उत्पादन झरेको थियो । हिमनदी भएकाले मस्र्याङ्दीको पानी प्रयोग हुने आयोजनामा उत्पादन बढेको छ । खहरे खोलाको पानी प्रयोग भएका साना आयोजनाको उत्पादन धेरै बढेको छैन ।

कुल १५.५८ मेगावाटका साना आयोजनाबाट हाल ६.१७ मेगावाट विद्युत् उत्पादन भइरहेको छ । ‘यसपटक हिउँदयाममा ५ मेगावाटसम्म झर्‍यो,’ उनले भने, ‘गत वर्ष ४ मेगावाटसम्म झरेको थियो ।’ जिल्लामा ७० मेगावाटको मध्यमस्र्याङदी, ५० मेगावाटको माथिल्लो मस्र्याङदी ‘ए’, ५ मेगावाटको सिउरी, ४.४ मेगावाटको खुदी, ४ मेगावाटको राँधी, २ मेगावाटको छ्याङी र १८३ किलोवाटको स्याँगे विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान गरिएका छन् । कान्तिपुर दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख १९

वि.सं.२०७४ वैशाख १९ मंगलवार १६:०० मा प्रकाशित

You can share this post!

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

अशक्त र गरिबले काठमाडौँ महानगरपालिकाभित्र निःशुल्क उपचार पाउने   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:२१

काठमाडौँ, १६ वैशाख: काठमाडौँ महानगरपालिका (कामपा)ले लक्षित वर्गका लागि निःशुल्क...

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

विदेशी लगानीका लागि नेपालका सबै क्षेत्र खुला छन्: सभापति देउवा   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:१३

काठमाडौँ, १६ वैशाखः नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले...

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस्: प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०९

काठमाडौँ, १६ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल लगानीका लागि...

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

लगानीकर्ताका लागि अनुकूल वातावरण बनाउन नेपाल तयार छ: परिसङ्घ अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:०३

काठमाडौँ, १६ वैशाखः नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा...

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वेस्ट इन्डिज ‘ए’ले टस जित्यो, नेपाललाई बलिङको निम्तो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:१८

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस...

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

नेपालको पहिलो ओईएम ब्राण्ड सिजीले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार १२:११

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी...