back
NMB ad

बाली बीमाको फाईदा नजान्दा आकर्षण कम,बाली बीमा गर्ने नै भएनन् !

Kumari bank ad

रोल्पा। रोल्पाका पशुपालक कृषकमा बिमाप्रति आकर्षण बढ्दै गएको छ । जिल्लामा हालसम्म तीन सय ९३ कृषकले एक हजार एक सय २६ पशुमा बिमा गरेको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।

यसरी बिमा भएका पशुमा ५७ किसानका ६७ वटा गाई, २६ किसानका २९ वटा भैँसी, नौ किसानका १६ वटा गोरु, दुई सय ९६ किसानका एक हजार तीन बाख्रा, तीन किसानका तीन भेडा र दुई किसानका आठ बङ्गुर रहेको कार्यालयका पशु चिकित्सक निमबहादुर सिंहले जानकारी दिए।

विभिन्न प्राकृतिक प्रकोप तथा रोगबाट पशु मरेमा बिमाको ९० प्रतिशतसम्म रकम किसानले पाउने हुँदा जिल्लाका साविक शिर्प, उवा र थवाङ बाहेक सबै गाविसका किसानले पशु बिमा गरेका उनले बताए। हालसम्म जिल्लामा बिमा गरेका ११ पशु मरेको र त्यसको बिमा रकम किसानले पाइसकेको पशु चिकित्सक सिंहले जानकारी दिए । पशु बिमाको अवधि एकवर्ष हुने बताइएको छ ।

बाली बिमाप्रति भने किसानको अझै आकर्षण देखिएको छैन । कृषकको उत्पादनको सुरक्षालाई सुनिश्चितता गर्ने गरी सरकारले बिमा कार्यक्रम लागू गरे पनि जिल्लामा हालसम्म एकजनाले पनि बिमा नगरेको वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले बताए।

बाली बिमाको फाइदाबारे किसानलाई जानकारी नहुँदा आकर्षण नभएको हुनसक्छ निकट भविष्यमा नै बाली बिमाबारे जानकारी गाउने सोच बनाएका छौ उनले भने। जिल्लाका गैरीगाउँ र बुढागाउँका कृषकले गोलभेँडामा र जीनावाङका कृषकले स्याउखेतीमा बिमा गर्न थालेकाले धेरै भन्दा धेरै कृषकलाई बिमाको पहुँचमा ल्याउने गरी काम गर्ने अधिकृत श्रेष्ठले उल्लेख गरे।

प्रकाशित मितिः २०७४ बैशाख २१

वि.सं.२०७४ वैशाख २१ बिहीवार १४:०७ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...