back
NMB ad

कुटोदेखि कम्प्युटरसम्म पढाउने स्कूल !

Kumari bank ad

काठमाडौ। सामान्यतयाः स्कुल भनेपछि बिहान–बेलुका घरको काम गरेर दिउँसो पढ्ने भनेर बुझिन्छ । नेपालको शिक्षा नीति यसैको परिधिभित्र रहेको छ । त्यसैले त धेरैले भन्ने गर्छन्, ‘नेपालको शिक्षा बेरोजगार युवा उत्पादन गर्ने कारखाना हो ।’

खोटाङमा भने एउटा यस्तो स्कुल स्थापना भएको छ, जहाँ बाह्रखरीमात्र नभएर कृषि र कम्प्युटरसम्म सिकाइन्छ । डेढ वर्षअघि विद्यार्थी नभएर खारेजीमा परेको दिक्तेल सोल्मास्थित जनजागृति प्राविमा व्यवहारिक शिक्षा पठनपाठन गराउन थालिएपछि उदाहरणीय स्कुलका रूपमा चिनिन थालिएको छ । उक्त विद्यालय भएको स्थानमा पुग्दा सबै विद्यार्थी आफ्नै काममा व्यस्त रहेको भेटिन्छन् ।

स्कुलको नाम छ ‘नयाँ स्कुल’ । सँगै लेखिएको छ, ‘कोदालोमा क्रान्ति, कलममा क्रान्ति, कम्प्युटरमा क्रान्ति’, ध्यान दिएर सुनौं, नियालेर हेरौं, काममुखी शिक्षा, शिक्षामुखी विकास, मानवद्वारा सृजित दिसा, पिसाब र पसिना बिरुवाको लागि अति राम्रो खाना हो, हुलको हैन रुलको शासनमा मरिमेटौं आदि ।

उनिहरूले जुन काम गरिरहेका छन्, त्यो उनीहरूको व्यवहारिक शिक्षा हो । विद्यालय सञ्चालक भन्छन्, ‘सरकारी विद्यालयहरूमा पढाइने शिक्षा र यहाँको शिक्षामा आकाश पातालको फरक छ । यहाँ २४ सै घण्टा सबैखाले शिक्षा लिन्छन् विद्यार्थी । यस ठाउँमा अध्ययन गर्ने विद्यार्थीले कामसँगै शिक्षा लिन्छन् । उनीहरूले भविष्यमा बेरोजगार बस्नुपर्ने चिन्ता हुन्न ।’

तीन शिक्षकको दरबन्दी भएको विद्यालयमा ७ जनामात्र विद्यार्थी भएपछि जिल्ला शिक्षा कार्यालयले खारेज गरेको थियो । १२ वर्षपछि खोला पनि फर्किन्छ भन्ने उखानझैं समयले यसरी कोल्टे फे९यो कि पूर्वका झापा, इलामदेखि पश्चिमका जुम्ला, हुम्लासम्मका ३० जिल्लाका विद्यार्थीले भरिएको छ यो स्कुल अहिले ।

विद्यालयमा रहेका १ सय ५० जना विद्यार्थीलाई आवासीय सुविधासमेत छ । अभिभावक र विद्यालय व्यवस्थापन समितिको मिहिनेतले यतिखेर कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने स्कुलका रूपमा नाम कमाएको छ, जनजागृतिले । स्कुल खारेज भएपछि अभिभावकको पहलमा विद्यार्थी व्यवस्था गरेर फेरि सञ्चालनमा ल्याइयो ।

शिक्षाप्रेमी एवं शुभम् फाउण्डेसनका कार्यकारी निर्देशक सूर्य राई व्यवस्थापन समितिको अध्यक्ष बने । अचेल कोदालोदेखि कम्प्युटरसम्मको पढाइ हुने गरेको छ । “जमिन, जंगल र जलसम्मको पठनपाठन हुन्छ,” अध्यक्ष राईले भने, “विद्यार्थीलाई बारीमा गएर बारीसम्बन्धी सबै शब्द र अर्थ बुझाइन्छ, खोलासम्बन्धी पढाउन खोलामै लगिन्छ, यसो गर्दा विद्यार्थीले कहिल्यै भुल्दैनन् ।”

जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल यसखाले पठनपाठनले आफू प्रभावित भएको बताउँछन् । “पाठ्यक्रमकै आधारमा कृषि, पशुपन्छी, घर निर्माण, उद्योग, कम्प्युटरलगायत जीवनोपयोगी ज्ञान दिने विधि अपनाइएको छ विद्यालयमा,” उनले भने । विद्यालयमा सरकारी दरबन्दीमा प्रावि तहका एक जना ९सविता ढकाल० मात्र शिक्षिका छिन् ।

विद्यालयमा जुम्ला, कालिकोट, मुगु, हुम्ला, मुस्ताङ, कास्की, काठमाडौं, सिरहा, उदयपुर, झापा र इलामदेखिका विद्यार्थीसमेत पढ्न आएका छन् । आर्थिक स्थिति निम्न भएका र भूकम्प पीडितलाई प्राथमिकता दिएर भर्ना गरिएको छ ।

विद्यालय सञ्चालनका लागि कृषिविज्ञ मदन राई संलग्न रहेको शुभद्रा–मदन फाउण्डेसनले सहयोग गरेको छ । विद्यार्थीहरूलाई किताबको पाठसँगै किताबले भनेअनुसारको क्रियाकलाप गराइन्छ ।

त्यहाँ पुग्ने जोकोहि विद्यार्थीको सीप र जाँगर देखेर उत्साहित हुने गरेका छन् । सानो उमेर र टाढाबाट आएका विद्यार्थीहरू आफ्नै गाँउको रिति र संस्कृतिसँग मिल्ने गीत गाएर मख्ख बनाउँछन् । यो स्कुल खोटाङको मात्र नमुना नभई देशकै नमुना भएको सरोकारवाला तथा सञ्चालकहरूको भनाइ छ । कारोबार दैनिकबाट

प्रकाशित मितिः २०७४ बैशाख २४

वि.सं.२०७४ वैशाख २४ आइतवार १३:५५ मा प्रकाशित

You can share this post!

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

बझाङ उपनिर्वाचनः एमालेका भण्डारी विजयी   

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:५७

चैनपुर (बझाङ) १७ वैशाखः बझाङ–१ प्रदेशसभा (क) मा भएको प्रदेशसभा...

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...