back
NMB ad

चार बैंकको बोनस र हकप्रद गरी करोडौं कित्ता सेयर नेप्सेमा सूचिकृत ! हेर्नुहोस् कुनको कति ?

Kumari bank ad

काठमाडौ । सोमबार चार वटा बैंकले हकप्रद सेयर र बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत गराएका छन् । मेगा बैंक, ओम डेभलपमेन्ट बैंक, मनास्लु विकास बैंक र सेवा विकास बैंकले सेयर कारोबार सुरु गर्नका लागि विभिन्न अनुपातमा सेयर नेप्सेमा सूचिकृत गराएका हुन् ।

यी बैंकहरुले गत आर्थिक वर्षको कमाईबाट वितरण गरिएको बोनस सेयर नेप्सेमा सूचिकृत गराएका हुन् । सोमबार सूचिकृत भएका बोनस सेयरहरुमा मेगा बैंकको ५३ लाख १५ हजार नौ सय ४० दशमलव ७४ कित्ता, सेवा विकास बैंकको आठ लाख आठ हजार पाँच सय ५४ दशमलव ८८ कित्ता, ओम डेभलपमेन्ट बैंकको ३० लाख ७४ हजार तीन सय २१ कित्ता र मनास्लु विकास बैंकको तीन लाख ३० हजार तीन सय ५४ कित्ता छन् ।

मेगा बैंक र सेवा विकास बैंकले हकप्रद सेयर पनि सूचिकृत गराएका छन् । मेगा बैंकले तीन लाख ८६ हजार आठ सय ८२ कित्ता र सेवाले ५१ लाख छ हजार छ सय ६२ कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत गराएका छन् । मेगा बैंकले गत साउन २७ गतेदेखि भदौ २९ गतेसम्म ८१ लाख कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । उक्त निष्काशनको क्रममा नबिकेको तीन लाख ८६ हजार कित्ता हकप्रद मेगाले लिलामीमा विक्री गरेको थियो । सोही सेयरलाई सोमबार मेगाले नेप्सेमा सूचिकृत गराएको हो ।

सेवा विकास बैंकले भने मंसिर २३ गतेदेखि पुस २७ गतेसम्म ५१ लाख छ हजार छ सय ६२ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । सोही सेयरलाई सोमबार नेप्सेमा सूचिकृत गराइएको हो ।

प्रकाशित मितिः २०७४ बैशाख २५

वि.सं.२०७४ वैशाख २५ सोमवार १२:२२ मा प्रकाशित

You can share this post!

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...