back
NMB ad

अब पिक आवरमा बिजुलीको प्रतियुनिट १२ रुपैयाँ ४० पैसा

Kumari bank ad

काठमाडौ। नेपाल विद्युत् प्राधिकरणले बढी विद्युत् माग हुने समयमा विद्युत् उपलब्ध गराउने जलविद्युत् प्रवद्र्धकलाई प्रतियुनिट १२ रुपैयाँ ४० पैसा उपलब्ध गराउने भएको छ । प्राधिकरणले प्रस्ताव गरेको नयाँ विद्युत् खरिद दरअनुसार मंसिर १६ देखि जेठ १५ गतेसम्म सो महसुल उपलब्ध गराउने भएको हो । जलाशययुक्त आयोजना निर्माणका लागि प्रोत्साहित गर्ने लक्ष्यका आधारमा प्राधिकरणले जेठ १६ गतेदेखि मङ्सिर १५ सम्म प्रतियुनिट ६ रुपैयाँ ३ पैसामा विद्युत् खरिद गरिनेछ । छ महिनाको ऊर्जा कुल वार्षिक ऊर्जा उत्पादनको ५० प्रतिशत भएमा प्रतियुनिट ७ रुपैयाँ १० पैसामा विद्युत् खरिद गरिनेछ ।

यस्तै अर्ध जलाशयुक्त आयोजनाको हकमा पनि प्राधिकरणले नयाँ विद्युत् खरिद दर कायम गरेको छ । सुक्खायाम विशेषगरी मङ्सिर १६ गतेदेखि जेठ १५ सम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्ने अर्ध जलाशयुक्त आयोजनालाई प्रतियुनिट रु ८.५० उपलब्ध गराउनेछ ।

त्यसमा एक घन्टासम्म दुई घन्टाभन्दा कम समय विद्युत् उपलब्ध गराए प्रतियुनिट ८ रुपैयाँ ५० पैसा, दुई घन्टादेखि तीन घन्टासम्मभन्दा कम प्रतियुनिट ८ रुपैयाँ ८० पैसा, तीन घन्टादेखि चार घन्टाभन्दा कम ९ रुपैयाँ ४० पैसा, चार घन्टादेखि छ घन्टासम्म नियमित विद्युत् विद्युत् उपलब्ध गराए १० रुपैयाँ ५५ पैसा प्रतियुनिटमा विद्युत् खरिद गरिने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

अर्ध जलाशय आयोजना हुनका लागि न्यूनतम एक घन्टादेखि छ घन्टासम्म नियमित रुपमा विद्युत् उपलब्ध गराउनु पर्ने, मङ्सिर १६ देखि जेठ १५ सम्म ६ महिनाको ऊर्जा कुल वार्षिक ऊर्जाको न्युनतम् ३० प्रतिशत ऊर्जा हुनुपर्ने प्रावधान राखिएको छ । प्राधिकरणको नयाँ प्रावधानबाट निजी क्षेत्रका ऊर्जा उद्यमीलाई फाइदा पुग्ने विश्वास लिइएको छ । रासस

प्रकाशित मितिः २०७४ बैशाख २५

वि.सं.२०७४ वैशाख २५ सोमवार १२:३७ मा प्रकाशित

You can share this post!

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...