back
NMB ad

५० हजार लिटर मानव मुत्रबाट ६० हजार लिटर बियर !

Kumari bank ad

रक्सी उत्पादन गर्ने एक डेनिस कम्पनीले एउटा नयाँ ब्राण्डको बियर तयार गरेको छ । उक्त बियरको नाम हो, पिसनर । यो बियर बनाउनका लागि एक संगीत महोत्सवबाट ५० हजार लिटर मानव मूत्र संकलन गरिएको थियो ।

रक्सी उत्पादन गर्ने कम्पनी नोरब्रोले चाहीँ आफुले बनाएको पिसनर बियरमा कुनैपनि मानवीय फोहोरको नभएको दाबी गरेको छ । वास्तवमा पिसनर बियर बनाउन जुन जौँ को प्रयोग गरेको थियो उक्त जौँ फलाउनका लागि मलखादको रुपमा उक्त संकलित मानव मूत्रको प्रयोग गरिएको थियो ।

सामान्य रुपमा मलखादको रुपमा जनावरको गोबर तथा कारखानाबाट उत्पादित रसायनिक मल प्रयोग गरिने भएपनि यो बियरका लागि उत्पादित जौँमा मानव मूत्रलाई मलको रुपमा प्रयोग गरिएबाट पिसनर बियर विशेष बन्न पुगेको हो । दुई वर्ष पहिले उत्तरी युरोपको सबैभन्दा ठूलो संगीत महोत्सव रोसकिलेका अवसरमा उक्त मानव मूत्र जम्मा गरिएको थियो ।

नोरेब्रोका सिइओ हेनरिक वांग भन्छन्, ‘जब हामीले यस तरिकाबाट बियर बनाउने विषयमा जानकारी दियौँ तब मानिसहरुलाई लाग्यो की बियरमा सिधै पिसाब हालिनेछ । त्यो सुनेर मानिसहरु खुब हाँसे’ । डेनमार्कको कृषि तथा खाद्य आयोगका अनुसार मानवीय मलमूत्रलाई मलखादका रुपमा यति ठूलो परिमाणमा प्रयोग गरिएको यो पहिलोपटक हो ।

मानव मूत्रलाई मलको रुपमा प्रयोग गरी फलाइएका जौँबाट बनाइएको यो बियर चाख्ने मध्येका एक हुन् एन्ड्रेस स्जोग्रेन । उनी सोही संगीत उत्सवमा पनि सहभागी भएका थिए जहाँबाट पिसाब संकलन गरिएको थियो । पिसाबको मलले फलेको जौँबाट बनेको बियर निकै स्वादिलो रहेको र यसमा पिसाबको कुनै गन्धन नभएको उनी बताउँछन् ।

५० हजार लिटर पिसाबको प्रयोग गरी जति जौँ उत्पादन भयो त्यसबाट ६० हजार लिटर बियर उत्पादन गरिएको छ । बीबीसी हिन्दीबाट

प्रकाशित मितिः २०७४ बैशाख २६

वि.सं.२०७४ वैशाख २६ मंगलवार १२:५५ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...