back
NMB ad

बैंकको दुईसय प्रतिशत हकप्रद भर्ने कि सतप्रतिशत? हेरेर यसरी गर्नुहोस छनौट !

Kumari bank ad

काठमाडौ । हाम्रो विकास बैंक लिमिटेडको हकप्रद सेयर निष्काशन आइतबार (जेठ ७ गते)देखि सुरु भएको छ । बैंकले दुई सय प्रतिशत अर्थात एक बराबर दुईको अनुपातमा हकप्रद सेयर निष्काशन गरेको हो । असार ११ गतेसम्म निष्काशन खुला रहने हकप्रदमा वैशाख १० गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

गत आर्थिक वर्षको कमाईबाट २५ प्रतिशत बोनस सेयर जारी गरेर १५ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा ३० करोड ५८ लाख ३३ हजार आठ सय ७५ रुपैयाँ बराबरको ३० लाख ५८ हजार तीन सय ३८ दशमलव ७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ । बैंकको सेयर निष्काशन तथा विक्री प्रबन्धकमा एनआईएबएिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । हकप्रद जारी गरेपछि हाम्रो विकास बैंकको चुक्तापुँजी ४५ करोड ८६ लाख रुपैयाँ पुग्नेछ ।

यस्तै लक्ष्मी बैंक लिमिटेडले गत वैशाख ३ गतेदेखि निष्काशन खुला गरेको हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । बैंकले शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गरिरहेको छ । उक्त हकप्रदमा चैत्र १६ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् ।

हकप्रद निष्काशनका लागि बैंकले सिद्धार्थ क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त हकप्रद खरिद गर्नका लागि सिद्धार्थ क्यापिटल लिमिटेड, लक्ष्मी बैङ्क लिमिटेड हात्तीसार र काठमाडौंका शाखा कार्यालय हरु, लक्ष्मी क्यापिटल मार्केट नयाँ बानेश्वर, सिद्धार्थ क्यापिटल नारायणचौर , नक्सालबाट दरखास्त फाराम उपलब्ध हुने बैंकले जनाएको छ ।

लक्ष्मी बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा तीन अर्ब १५ करोड ९० लाख ३० हजार तीन सय रुपैयाँ बराबरको तीन करोड १५ लाख ९० हजार तीन सय तीन कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ । हकप्रद जारी गरेपछि बैंकको चुक्तापुँजी छ अर्ब ३१ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ जेठ ७

वि.सं.२०७४ जेठ ७ आइतवार ११:२६ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...