back
NMB ad

आईपिएलको उपाधि भिडन्त,कसले मार्ला बाजी ?

Kumari bank ad

एजेन्सी–इन्डियन प्रिमियर लिग ९आईपीएल०को १०औं संस्करणको उपाधिका लागि राइजिङ पुने सुपर जाइन्ट र मुम्बई इन्डियन्सबीच उपाधि भिडन्त हुने भएको छ । प्लेअफअन्तर्गत पहिलो क्वालिफायरमा पुनेबाट पराजित मुम्बई इन्डियन्सले नै फाइनलमा स्थान बनाउन ससफल भएको हो । मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै पुनेसँगको उपाधि भिडन्त पक्का गरेको हो ।

बैंग्लोरस्थित मोहमद चिन्नास्वामी स्टेडियममा कोलकत्ता नाइट राइडर्सलाई ६ विकेटले हराउँदै मुम्बई दसौं संस्करणको उपाधि नजिक पुगेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरको खेलमा १८.५ ओभरमा सबै विकेट गुमाउँदै एक सय सात रनको सामान्य स्कोर बनाएको थियो । कोलकाताका लागि सूर्यकुमार यादवले सर्वाधिक ३१ रन बनाए । २५ बलको सामना गरेका उनले तीन चौका र एक छक्का प्रहार गरे । यस्तै इसाङ्क जागीले २८ रन बनाए भने कप्तान गौतम गम्भीर १२ रनमा पेभेलियन फर्किए । प्रारम्भिक ब्याट्सम्यान सुनिल नारिनले १० रन बनाए । कोलकाताका अन्य ब्याट्सम्यानले क्रिजमा जमेर खेल्न नसक्दा कम योगफलमै समेटिन पुगे ।

कोलकातालाई सस्तैमा समेट्न मुम्बईका करण शर्माले सर्वाधिक चार विकेट लिए । यस्तै जसप्रीत बुमराहले तीन तथा मिचेल जोहन्सनले दुई विकेट लिए । शर्मा र बुमराहले सुरुदेखि नै धारिलो बलिङ गर्दा कोलकाताका खेलाडी धेरै बेर क्रिजमा टिक्न सकेनन् ।

एक सय आठ रनको सामान्य लक्ष्य पछ्याएको मुम्बई इन्डियन्सले १४।३ ओभरमा चार विकेटको क्षतिमा एक सय ११ रन बनाउँदै विजयी भयो । लेन्डन सिमोन्स, पार्थिव पटेल र अम्बाती रायडु पेभेलियन फर्किएपछि मैदानमा आएका कुनाल पाण्डेयले अविजित ४५ रनको महत्वपूर्ण योगदान दिए । यस्तै कप्तान रोहित शर्मा २६ तथा पार्थिव पटेलले १४ रन बनाए । कोलकाताका लागि पियुस चावलाले दुई विकेट लिए । यस्तै उमेश यादव र नाथन कल्टर नाइलले एक एक विकेट हात पारे ।

मुम्बई इन्डियन्सले अब उपाधिका लागि आइतबार राइजिङ पुने सुपर जायन्टसँग प्रतिस्पर्धा गर्नेछ । लिग चरणका दुई खेलका साथै प्लेअफको पहिलो खेलमा पनि पुनेले मुम्बईलाई स्तब्ध पारेको थियो । त्यही कारण पुने उच्च मनोबलका साथ आइतबार हैदराबादस्थित राजीव गान्धी स्टेडियममा उत्रँदा दुईपटकको उपाधि विजेता मुम्बई इन्डियन्स पनि उपाधिमा ह्याट्रिक गर्ने अभियानमा हुनेछ ।

प्रकाशित मितिः २०७४ जेठ ७

वि.सं.२०७४ जेठ ७ आइतवार १३:२१ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...