back
NMB ad

निर्माण भएको दुई महिना बितिसक्दा पनि रक्सौल परवानीपुर प्रसारण लाइन किन सुचारु भएन ?

Kumari bank ad

वीरगन्ज । रक्सौल परवानीपुर १३२ केभी विद्युत् प्रसारण लाइन निर्माण सम्पन भएको दुई महिना बितिसक्दा पनि सुचारु हुन नसक्दा यस क्षेत्रका उद्योग प्रभावित भएका छन् ।

सीमावर्ती भारतको रक्सौल तथा नेपालतर्फ परवानीपुरसम्म रहेको सो १३२ केभी प्रसारण लाइन निर्माण भएको दुई महिना बितिसक्दा पनि हालसम्म सो लाइन सुचारु नहुँदा भोल्टेजको अभावको कारण यस क्षेत्रका उद्योगले आफ्ना पुर्ण क्षमतामा उत्पादन बढाउन सकेका छैनन् । हालसम्म विद्युत् सुचारु हुन नसकेको बारे जिज्ञासा राख्दा आयोजना प्रमुख लक्ष्मीनारायण मुखियाले पावर किन आएन सोबारे थाहा हुन नसकेको बताए ।

भारत सरकारको करिब एक करोड भारतीय रुपैयाँको लगानीमा भारतको रक्सौल तथा नेपालतर्फको परवानीपुरसम्म दुई वटा सवस्टेसन निर्माण गरिएको छ । रक्सौल परवानीपुर प्रसारण लाइन सुचारु भएपछि विद्युत् भार कटौतीको भार खेपिरहेको वीरगन्ज पथलैया औद्योगिक करिडोरमा विद्युत् भार कटौती मुक्त हुने विश्वास लिए पनि हालसम्म सो प्रसारण लाइन सुचारु नहँुदा भोल्टेजको अभावले त्यस क्षेत्रका उद्योगले प्रतिमहिना करौडो रुपैयाँ नोक्सानी व्यर्होदै आएको पीडित उद्योगीको गुनासो छ । भोल्टेजको अभावमा उत्पादन प्रभावित हुनुका साथै कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेको भन्दै वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष प्रदीप केडियाले प्राधिकरणले यसप्रति चासो नदेखाएकाले लाइन सुचारु हुन नसकेको गुनासो गरे ।
भारतको विहार सरकारले रक्सौलस्थित निर्माण गरेको सवस्टेसन नेपाल भारतको दशगजा क्षेत्रसम्म चार किलोमिटर लाइन भारतीय क्षेत्रमा पर्दछ भने नेपालतर्फ परवानीपुरसम्म १३ किलोमिटर क्षेत्र पर्दछ ।
भोल्टेजको कमीले मोटर जल्ने सम्भावना बढिरहेकाले यस क्षेत्रमा रहेका करिब ८०० भन्दा बढी उद्योग प्रभावित भएको छ ।

जेठ ८, २०७४

वि.सं.२०७४ जेठ ८ सोमवार ०९:०७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...