back
NMB ad

हाइड्रोको ३ लाख ६८ हजार कित्ता आईपिओ निष्काशन हुँदै,कहाँबाट आवेदन दिने ? थाहा पाईराख्नोस्

Kumari bank ad

काठमाण्डौ। मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले जेठ १७ गतेदेखि तीन करोड ६८ लाख १४ हजार चार सय रुपैयाँको साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा (रसुवा) का लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन लाख ६८ हजार १४४ कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

आयोजनाबाट अति प्रभावित रसुवाको तात्कालिन हाकु, डाँडागाउँ र राम्चे गाविसबासी र जिल्लाको बाँकी भेगका बासिन्दालाई आधा आधा शेयर दिने कम्पनीले जनाएको छ। जस अनुसार दुबै समूहले एक लाख ८४ हजार ७२ कित्ताको दरले शेयर पाउनेछन्।

कम्पनीले रसुवाको मैलुङ खोलामा पाँच मेगावाटको जलविद्युत आयोजना निर्माण गरेको छ। आयोजनाबाट असार २०७१ व्यवसायीक उत्पादन सुरु भएको थियो। बैशाख २०७२ को महाभूकम्पका कारण आयोजनामा क्षति पुगेपछि फेरि उत्पादन रोकियो। त्यसपछि गत भदौ देखि पुनः उत्पादन सुरु भएको हो।

आर्थिक बर्ष २०७०/७१ र २०७१/२०७२ मा नाफा कमाएको कम्पनी भूकम्पको क्षति पश्चात घाटामा गएको छ। आगामी आर्थिक बर्ष २०७४/०७५ देखि नाफा कमाउने कम्पनीको प्रक्षेपण छ। कम्पनीको चुक्ता पूँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ रहेको छ। जसमा प्रवर्धकहरुको ७० प्रतिशत हिस्सा रहेको छ। २० प्रतिशत सर्वसाधारण र १० प्रतिशत प्रभावित क्षेत्रका बासिन्दालाई दिन लागिएको हो। प्रभावितको शेयर बाँडफाँड पछि आम लगानीकर्तालाई शेयर जारी गर्ने कम्पनीको तयारी छ।

निस्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्युनतम ५० देखि अधिकतम १८४० कित्तासम्म आवेदन दिन पाउनेछन्।

रसुवा स्थित जनता बैंक धुन्चे, प्रभु बैंक स्याफ्रुबेसी, आइसिएफसी फाइनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावती र मैलुङ खोला जलविद्युत कम्पनीको कार्यालय डाँडागाउँमा शेयर आवेदन दिन पाइने जनाइएको छ।

प्रकाशित मितिः २०७४ जेठ ८

वि.सं.२०७४ जेठ ८ सोमवार १३:०२ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...