back
NMB ad

शुरु भयो स्थानीय सरकार गठनको प्रक्रिया, यसरी बन्दै छ गाउँ/नगर कार्यपालिका

Kumari bank ad

काठमाडौं । निर्वाचन आयोगले पहिलो चरण चुनावको परिणाम आइसकेका गाउँपालिका र नगरपालिकाको कार्यपालिकालाई पूर्णता दिने प्रक्रिया सुरु गरेको छ । संविधानले स्थानीय तहको कार्यकारिणी अधिकार गाउँ कार्यपालिका वा नगर कार्यपालिकालाई तोकेको छ । गाउँ/नगर कार्यपालिकामा अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख र वडाध्यक्ष रहनेछन् । संविधानले त्यसबाहेक महिला र दलित वा अल्पसंख्यक समुदायबाट गाउँ/नगरको कार्यपालिकामा प्रतिनिधित्वको बाध्यकारी व्यवस्था गरेको छ ।

पहिलो चरणमा निर्वाचन भएको २ सय ८३ गाउँपालिकारनगरपालिकामध्ये सोमबारसम्म २ सय ७३ स्थानको परिणाम आइसकेको छ । कार्यपालिकामा जाने महिला र दलित वा अल्पसंख्यक समुदायका सदस्य भने गाउँ वा नगरसभाका नवनिर्वाचित सदस्यको मतदानबाट चुनिने छन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले परिणाम आइसकेका स्थानमा कार्यपालिकाका बाँकी महिला र दलित वा अल्पसंख्यक समुदायका सदस्य चुन्ने प्रक्रिया सुरु भइसकेको बताए ।

गाउँसभामा निर्वाचित सदस्यले आफूमध्येबाट ४ जना र नगरसभाले ५ जना महिला सदस्यलाई कार्यपालिकामा पठाउनुपर्नेछ । प्रत्येक वडामा ४ मध्ये २ महिला सदस्य निर्वाचित भएका छन् ।

गाउँ वा नगर कार्यपालिकाको महिला सदस्यका लागि तीन निर्वाचित महिला वडा सदस्य उम्मेदवार हुन पाउने छन् । त्यस्तै सम्बन्धित गाउँपालिका वा नगरपालिकाका मतदातामध्ये २१ वर्ष योग्यता पुगेका दलित वा अल्पसंख्यक समुदायमध्येबाट गाउँसभाले २ र नगरसभाले ३ जनालाई कार्यपालिका सदस्यका लागि निर्वाचित गर्नेछ । उक्त पदमा दलित वा अल्पसंख्यक समुदायबाट योग्यता पुगेका जोसुकै उम्मेदवार हुन पाउने छन् । तर गाउँ वा नगरसभामा निर्वाचित भएका कुनै दलित वा अल्पसंख्यक समुदायका व्यक्ति भने उम्मेदवार हुन नपाउने आयोगले प्रस्ट्याएको छ ।

आयोगको कानुन महाशाखा प्रमुख सहसचिव सुशील कोइरालाले गाउँ तथा नगर कार्यपालिका निर्वाचन निर्देशिका जारी गरिएको र त्यहीअनुसार सम्बन्धित निर्वाचन अधिकृतले काम थालेको बताए । गाउँपालिका र नगरपालिकामा निर्वाचन गराउन खटिएका निर्वाचन अधिकृतलाई नै कार्यपालिका सदस्यको निर्वाचन गराउने जिम्मेवारी तोकिएको छ । निर्वाचनको सबै परिणाम प्राप्त भएको १५ दिनभित्र कार्यपालिकालाई पूर्णता दिइसक्नुपर्ने कानुनी प्रावधान छ । आयोगले परिणाम प्राप्त भएको ३ दिनभित्र निर्वाचनको कार्यक्रम प्रकाशन गर्न निर्देश गरेको छ । उनीहरूको शपथ पनि निर्वाचन अधिकृतले गराउने छन् ।

गाउँ÷नगर कार्यपालिकाको पूर्णतापछि स्थानीय तहको अर्को अंग जिल्लासभाको गठन र जिल्ला समन्वय समितिको निर्वाचन गराइनेछ । पहिलो चरणमा निर्वाचन भएका जिल्लामा जेठको अन्तिम साताबाट जिल्ला समन्वय समितिको निर्वाचन प्रक्रिया बढाइने प्रवक्ता शर्माले बताए । स्थानीय तहअन्तर्गत गाउँपालिकारनगरपालिका र जिल्ला सभा रहने व्यवस्था छ । निर्वाचनबाट तीनवटै निकायमा पदाधिकारी चयनपछि जिल्लागत रूपमा स्थानीय तहले पूर्णता पाउने छ । संविधानले गाउँसभा र नगरसभाको निर्वाचन परिणाम प्राप्त भएको मितिले ३० दिनभित्र जिल्ला सभाको पहिलो बैठक बस्नुपर्ने तोकेको छ । जिल्ला सभामा जिल्लाभित्रका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र नगर कार्यपालिकाका प्रमुख र उपप्रमुख सदस्य रहनेछन् ।

जिल्ला सभाले एक जना प्रमुख, एक जना उपप्रमुख, कम्तीमा ३ जना महिला र एक जना दलित वा अल्पसंख्यक सदस्यसहित बढीमा ९ सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्नुपर्ने प्रावधान छ । गाउँ वा नगरसभाका सदस्य उक्त पदका लागि उम्मेदवार हुन पाउने छन् । विगतमा जिल्ला विकास समितिलाई तोकिएको अधिकार वा भूमिका अहिलेको परिवर्तित जिल्ला समन्वय समितिलाई दिइएको छैन । संविधानले जिल्ला समन्वय समितिलाई जिल्लाभित्रको गाउँपालिका र नगरपालिकाबीच समन्वयकारी भूमिकामा सीमित पारेको छ । जिल्ला समन्वय समितिको निर्वाचनका लागि आयोगले आवश्यक निर्देशिका तयार गरिरहेको शर्माले बताए । उक्त निर्वाचनका लागि छुट्टै निर्वाचन अधिकृतसमेत तोकिने छ । कान्तिपुर
९ जेठ २०७४

वि.सं.२०७४ जेठ ९ मंगलवार ०९:२० मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...