back
NMB ad

क्षेप्यास्त्रले पनि नछुने बैंकमा खाता खोल्ने हो ? यो पढ्नुहोस् !

Kumari bank ad

उत्तरी ध्रुव नजिकै एउटा यस्तो बैंक खोलिएको छ, जहाँ हरेक राष्ट्रले आफ्नो खाता खोल्न सक्छन् । तर सो बैंकमा नगद वा जिन्सीको कारोबार भने हुँदैन । उक्त बैंकमा अन्नका बीउमात्र जम्मा गरिन्छ ।

जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, युद्धजस्ता कारणले बाली नष्ट भएमा उत्पन्न हुन सक्ने भोकमरी र खाद्य संकटलाई मध्यनजर गर्दै सन् २००८ मा नयाँ उपाय अपनाइएको हो ।
त्यस्तो विपतको अवस्थामा अन्नका बीउ सुरक्षित राख्न सकियोस् भन्ने हेतुले निकै सुरक्षित तरिकाले बैंक निर्माण गरिएको छ । ‘डुम्सडे’ नाम दिइएको यो बैंकमा विश्वकै प्रमुख खाद्यान्नको बीउ भण्डार गरिन्छ ।

जमिनबाट एक सय २० मिटर तल बैंकको भण्डार कक्ष बनाइएको छ । बुलेटप्रुफ ढोका भएको यो भण्डारलाई कुनै पनि क्षेप्यास्त्रले नष्ट गर्न सक्दैन ।

परमाणु युद्ध, महाहारी, प्रलयजस्ता स्थितिमा पनि पुनः अन्नबालीको खेती गर्न सकियोस् भन्ने उद्देश्यले प्रमुख बालीको बीउ भण्डारण गर्न लागिएको हो । विश्वका करिब सबै देशले यो बैंकमा प्रमुख बालीको बीउ भण्डारण गरेका छन् ।

यो बैंक निर्माणमा गेट्स फाउन्डेसन र अन्य देशहरुका अतिरिक्त नर्वे सरकारले आर्थिक सहयोग गरेको छ । पडाड मुनी करिब ४ सय फिट लामो टनेल बनाइएको छ, जसलाई हिउँले ढाकेको छ । विद्युत आपूर्ति नभएको अवस्थामा समेत भण्डार गरिएको बीउ नबिग्रियोस् भन्नेमा विशेष सतर्कता अपनाइएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यो बैंकमा ८ लाख ६० हजारभन्दा बढी प्रकारका बीउ भण्डारण गरिएको छ । आफ्नो मुलुकमा हुने अन्नको बीउ भण्डार गर्न सम्बन्धित मुलुकले एउटा सम्झौतामा हस्ताक्षर गर्नुपर्ने हुन्छ ।

यसरी भण्डार गरिएको बीउमा नर्वेको कुनै प्रकारको हक नरहने पनि सम्झौतामा प्रष्ट उल्लेख हुन्छ ।सोही बैंकका कर्मचारीबाहेक अमेरिकी सांसदका अतिरिक्त संयुक्त राष्ट्र संघका महासचिवमात्र यो बैंकमा जान पाउँछन् ।

प्रकाशित मितिः २०७४ जेठ ९

वि.सं.२०७४ जेठ ९ मंगलवार १५:१५ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...