back
NMB ad

कङ्गोका चार लाख बालबालिका हिंसाको उच्च जोखिममा

Kumari bank ad

काठमाडौँ । कङ्गोको कसाई क्षेत्रमा रहेका झण्डै चार लाख बालबालिकाहरू हिंसाको उच्च जोखिममा रहेको पाइएको छ ।

महिनौदेखिको हिंसा चलिरहेकाले लाखौँ मानिस भोकमरीको शिकार हुने खतरा पनि रहेको युनिसेफले बुधबार जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको बालबालिकासम्बन्धी निकाय युनिसेफले हिंसा चलिरहेका ठाँउमा रहेकाहरूका लागि खानेकुरा, औषधिलगायतका अत्यावश्यक सामग्रीहरू पनि पठाउन नसकिएको जनाएको छ ।

“जारी सङ्कटले झन्डै चार लाख बालबालिकालाई कुपोषणको शिकार बनाउने भएको छ,” युनिसेफद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यसको अर्थ यो होकी तत्काल केही व्यवस्थापन नगरिए उनीहरूको मृत्यु पनि हुन सक्दछ ।”

ती बालबालिकालाई जोगाउनका लागि तत्काल चार करोड २० लाख अमेरिकी डलर आवश्यक रहेको पनि युनिसेफले विज्ञप्तिमा उल्लेख गरेको छ ।

“कुनै औषधि, कुनै खानेकुरा र पिउने पानी विना सयौँ हजारौँ बालबालिका खतरामा रहेका छन्,” विज्ञप्तिमा लेखिएको छ ।

कङ्गोमा केही महिनादेखि सरकारी सुरक्षा फौज र विद्रोही लडाकूका बीचमा भिडन्त भइरहेको छ । हिंसाका कारण लाखौँ जनता प्रत्यक्ष पीडित भएका छन् । एजेन्सी

वि.सं.२०७४ जेठ ११ बिहीवार ०९:५८ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १७ सोमवार १३:१२

काठमाडौँ । मन्त्री पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा...

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:३४

काठमाडौँ, १७ वैशाखः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:१०

काठमाडौँ, १७ वैशाखः आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो...

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान   

वि.सं.२०८१ वैशाख १७ सोमवार १२:०४

बेइजिङ, १७ वैशाख : आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क...

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...