back
NMB ad

अव उदयपुर सिमेन्ट उद्योगमा धुवाँ धुलो देखिँदैन, कसरी संभव भयो यो काम ?

Kumari bank ad

उदयपुर । नेपालकै सबैभन्दा ठूलो र सरकारी स्वामित्वमा रहेको उदयपुर जिल्लाको जलजलेमा अवस्थित उदयपुर सिमेन्ट उद्योग अब धुलो, धुवाँ र प्रदूषणरहित बनाइने भएको छ ।

उद्योग प्रशासनका अनुसार उद्योगमा धुलो तथा धुवाँ नियन्त्रण गर्ने मेसिन जडान गर्न लागिएका कारण अब उद्योगबाट निस्कने सम्पूर्ण धुवाँ र धुलो नियन्त्रण हुने र उद्योग प्रदूषणरहित हुन लागेको कुरा बताएको छ ।

भारतबाट उद्योगमा प्रदूषण नियन्त्रण गर्ने झन्डै रु तीन करोडको मेसिन खरिद गरेर ल्याउने तयारी भइरहेका कारण अब एक दुई महिनाभित्र नै उदयपुर सिमेन्ट उद्योगमा मेसिन जडान गर्ने तयारी भएको कुरा सिमेन्ट उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेल बताउँछन् ।

उद्योगले हाल प्रतिघन्टा दुई टन धुलो र धुवाँ फाल्ने गरेकाले उद्योग र यसका क्षेत्र वरपरसमेत प्रदूषण बढ्दै गइरहेका कारण पनि अब मेसिन जडान गरेर उद्योगबाट हुने प्रदूषण शून्यमा झार्ने योजनाका साथ कार्य भइरहेको पनि उद्योगका महाप्रबन्धक पौडेलले बताए ।

धुलो र धुवाँ दुवै नियन्त्रण गर्नका लागि इलेक्ट्रो स्टारिक पावर (इएसपी) मेसिन जडान गर्ने कार्य हुन लागेका कारण उद्योगमा प्रदूषण शून्यमा झर्ने दाबी पनि उद्योग प्रशासनको रहेको छ ।

उद्योग स्थापना भएयता अहिले उद्योगको क्षमताअनुसार दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता बढाइएका कारण पनि अब उद्योण क्षेत्रमा प्रदूषण र धुलो वृद्धि हुँदै गइरहेकाले नियन्त्रण गर्न मेसिन जडान गर्नु अनिवार्य भएको समेत उद्योग प्रशासनले बताएको छ ।

स्मरण रहोस्, वातावरणविद्हरुका अनुसार उदयपुर सिमेन्ट उद्योगले सिमेन्ट उत्पादन गर्ने कार्यमा धुवाँ तथा धुलोसमेत उत्पादन भई उदयपुरको जलजले र त्रियुगा नगरपालिका क्षेत्रमा वातावरण प्रदूषण हुँदै आएको छ ।
१२ जेठ २०७४

वि.सं.२०७४ जेठ १२ शुक्रवार ०९:३८ मा प्रकाशित

You can share this post!

बैशाख २४ गते सार्वजनिक विदा

बैशाख २४ गते सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १५:१७

काठमाडौं । बागमति प्रदेश सरकारले बैशाख २४ गते सार्वजनिक विदा...

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:१३

काठमाडौँ, २१ वैशाखः काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक...

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

मुग्लिन–पोखरा सडकको पूर्वी खण्डमा १३ पुल निर्माण   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १४:००

तनहुँ, २१ वैशाख : मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डमा १३...

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते विश्वासको मत लिने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५५

गण्डकी, २१ वैशाख : गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही...

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

डिजिटल प्रभाव, मिथ्या सूचना र आर्थिक सङ्कट   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:५३

डा महेन्द्र विष्ट  प्रेस स्वतन्त्रता लोकतन्त्रको अपरिहार्य पक्ष हो ।...

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १३:२४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक...