back
NMB ad

कोपा डेल रे उपाधिमा बार्सिलोनाले ह्याट्रिक !

Kumari bank ad

बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलको उपाधि जितेको छ । घरेलु मैदानमा शनिबार राति भएको फाइनलमा एलाभेसलाई ३–१ ले हराउँदै बार्सिलोनाले लगातार तेस्रो पटक कोपा डेल रेको उपाधि जितेको हो ।

बार्सिलोनाको जितमा लियोनल मेस्सी, नेइमार र पाको एलकेसरले गोल गरे । एलाभेसका लागि थियो हर्नान्डेजले एक गोल फर्काए । सबै गोल पहिलो हाफमा नै भएको हो ।

३० औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाले अग्रता लियो । मेस्सीले यो सिजन अहिलेसम्म सबै प्रतियोगितामा गरेर ५४ गोल गरेका छन् । ३३ औं मिनेटमा हर्नान्डेजले एलाभेसका लागि बराबरी गोल फर्काए । ४५ औं मिनेटमा नेइमार तथा पहिलो हाफको इन्जुरी समयमा एलकेसरले गोल गरेपछि बार्सिलोनाले ३–१ को अग्रता लियो ।

दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन नसकेपछि बार्सिलोना ३–१ ले नै विजयी भयो । यसपटकको फाइनलमा गोल गरेका नेइमारले सन् २०१६ र २०१५ को फाइनलमा पनि गोल गरेका थिए । उनले २०१६ मा सेभिल्लासँगको खेलमा र २०१५ मा एथ्लेटिको बिल्बाओसँगको खेलमा गोल गरेका थिए ।

फाइनल खेलको क्रममा बार्सिलोनाका जाभियर मास्चेरानो चोटग्रस्त भएका छन् । कोपा डेल रेको सबै भन्दा सफल क्लब बार्सिलोनाले २९ पटक उपाधि जितेको छ । यो सिजनको अन्त्यसँगै बार्सिलोनाका प्रशिक्षक लुइस इन्ड्रिकले क्लब छोड्दै छन् ।

प्रकाशित मितिः २०७४ जेठ १४

वि.सं.२०७४ जेठ १४ आइतवार १३:१८ मा प्रकाशित

You can share this post!

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:३४

काठमाडौँ : चालु आर्थिक वर्षमा आर्थिक व्ृद्धिदर तीन दशमलव ८७...

यस्तो रहनेछ आज दिनभरीको मौसम

यस्तो रहनेछ आज दिनभरीको मौसम

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:२३

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

आज १९ बैशाख २०८१ बुधवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १९ बुधवार ०६:१८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

डिजेल र मट्टितेलको मूल्य घट्यो, यस्तो छ नयाँ मूल्यसूची

वि.सं.२०८१ वैशाख १८ मंगलवार २१:४३

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

श्रमिकको सुरक्षा र लगानीमैत्री वातावरणमा जोड : चेम्बर अफ कमर्स   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३९

काठमाडौँ, १८ वैशाख : नेपाल चेम्बर अफ कमर्सले श्रमिक वर्गको...

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

आर्थिक वृद्धिदर ३.५४ प्रतिशत अनुमान   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३५

काठमाडौँ, १८ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष...