back
NMB ad

उत्तर कोरियाले फेरि गर्‍यो मिसाइल परीक्षण, तीन हप्ताभित्र तेस्रो क्षेप्यास्त्र परीक्षण

Kumari bank ad

उत्तर कोरियाले पूर्वी तटीय क्षेत्रबाट कम दूरीमा मार हान्न सक्ने एउटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाका सैन्य अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार झण्डै ४५० किलोमिटरसम्मको यात्रा पूरा गरी उक्त क्षेप्यास्त्र सी अफ जापानमा अवतरण गरेको थियो।

बीबीसीका अनुसार उत्तर कोरियाले तीन हप्ताभित्र तेस्रो क्षेप्यास्त्र परीक्षण गरेको हो। उत्तर कोरियाले यस वर्षभित्र प्रक्षेपण गरेको यो ९ औं क्षेप्यास्त्र भएको बताइएको छ।

पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाका राष्ट्रपति मून जेइनले राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन्। जापानले चाहिँ उत्तर कोरियाको निरन्तरको उत्तेजनात्मक गतिविधि सह्य नहुने चेतावनी दिएको छ।

अमेरिकी रक्षामन्त्रीले आइतबार सीबीएस टेलिभिजनसँग कुरा गर्दै उत्तर कोरियाले दक्षिण कोरिया, जापान र रुसलाई समेत खतरा उत्पन्न गराएको बताएका थिए। उनले उत्तर कोरियाका कारण भयावह द्वन्द्व हुन सक्ने चेतावनी दिए।

यसअघि उत्तर कोरियाप्रति नरम धारणा राख्ने नेताका रुपमा चिनिने दक्षिण कोरिया राष्ट्रपति मूनले उत्तर कोरियासँग सैनिक द्वन्द्व हुने सम्भावना उच्च रहेको खतरा औंल्याएका थिए। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अरु मुलुकले साथ नदिए पनि उत्तर कोरियाली खतरासँग एक्लै जुध्न अमेरिका तयार रहेको बताउँदै आएका छन्।

उत्तर कोरियाको लगातारको क्षेप्यास्त्र परीक्षण र पारमाणविक कार्यक्रमलाई लिएर पछिल्लो समय कोरियाली प्रायद्वीपमा तनाव बढ्दै गएको छ। संयुक्त राष्ट्रसंघको प्रतिबन्धलाई अवज्ञा गर्दै उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षणलाई निरन्तरता दिएको छ। बिबिसी

प्रकाशित मितिः २०७४ जेठ १५

वि.सं.२०७४ जेठ १५ सोमवार १३:४३ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...