back
NMB ad

नेपालीहरुको खानपानमा परिवर्तनः के बढ्यो के घट्यो ?, जान्नुहोस्

Kumari bank ad

काठमाडौ । विगत १७ वर्षमा नेपालीहरुको आहार विविधतामा परिवर्तन आएको एक अध्ययनले देखाएको छ । कृषि विकास मन्त्रालय र अन्तराष्ट्रिय खाद्य अनुसन्धान इन्टिच्यूट (इफ्रि)ले गरेको अध्ययनअनुसार नेपालीहरुको खानपानमा परिवर्तन आएको देखिएको हो ।

कृषि विकास मन्त्रालय र अन्तर्राष्ट्रिय खाद्य अनुसन्धान इन्टिच्यूट (इफ्रि)ले आज हाउसहोल्ड फुड एक्सपेडिचर, डायटरी डाइभर्सिटी एण्ड न्यूट्रिसन आउटकम्स इन नेपाल विषयक अध्ययनको प्रतिवेदन सार्वजनिक गर्दै प्रमुख खाद्यान्नमा खर्च गर्ने रकमको हिस्सा बढिरहेकोे उल्लेख गरेको छ ।

सन् १९९५ देखि सन् २०११ सम्मको अवधिलाई तीन हिस्सामा बाँडेर गरिएको अध्ययनमा नेपालीहरुको आहार विविधतामा उल्लेख्य सुधार भएको देखिएको छ । सो प्रतिवेदनको बारेमा जानकारी दिँदै इफ्रिका रिसर्च फेलो डा अन्जनी कुमारले खाद्यान्नको रुपमा अन्नमा गरिने खर्च घटिरहेको बताए । उनले सो अवधिमा ३२ प्रतिशत अन्नको उपयोगकमा कमी आएको र सोही अवधिमा फलफुल, तरकारीहरु, मासुलगायतका खाद्यान्नको हिस्सा भने बढेको बताए ।

कार्यक्रममा कृषि विकास मन्त्रालयका सचिव डा सुरोज पोखरेलले यस्ता अनुसन्धान प्रतिवेदनले सरकारलाई खाद्यान्न उपयोगिताको बारेमा नयाँ जानकारी हासिल हुने बताए । उनले कम लगानीमा गरिने यस्ता अनुसन्धान प्रकृयालाई आगामी दिनमा पनि गरिने भन्दै यस प्रतिवेदनको सुझाव र सल्लाहलाई आगामी दिनमा मन्त्रालयले नीतिगतरुपमा समावेश गर्ने उल्लेख गरे ।

Food-Report_Pic

करिब ११ वटा खाद्य पदार्थको बारेमा गरिएको अध्ययनअनुसार शहरी तथा तराई क्षेत्रमा आहार गुणस्तर राम्रो अवस्थामा भएको भएपनि विशेषगरि सुदुर पश्चिम क्षेत्रलगायत ग्रामीण भेगमा कमजोर रहेको देखिएको छ ।

प्रतिवेदनले निरक्षर अभिभावक भएको घरमा न्यून गुणस्तरीय खानाको उपलब्धता हुने गरेको उल्लेख गरेको छ । त्यसैगरि टेलिभिजन, मोबाइल फोन प्रयोग हुने घरपरिवारमा मासुजन्य पदार्थको उपयोगमा वृद्धि भएको देखिएको भएता पनि कार प्रयोग गर्ने घरपरिवारमा विरुवाजन्य खाद्यान्नको प्रयोग घट्दोक्रममा रहेको छ ।

कार्यक्रममा अन्य वक्ताहरुले यो प्रतिवेदनलाई थप सुधार गर्नुपर्ने र आगामी दिनमा सरकारी नीति निर्माणको प्रकृयामा समावेश गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रकाशित मितिः २०७४ जेठ १७

वि.सं.२०७४ जेठ १७ बुधवार १८:३० मा प्रकाशित

You can share this post!

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...