back
NMB ad

पुनःनिर्माणसम्बन्धी जिज्ञासा भए पैसा नलाग्ने नम्बरमा फोन गर्नुस्

Kumari bank ad

काठमाडौँ । निजी आवाससम्बन्धी कुनै गुनासो छ वा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिएको छ भने अब पैसा नलाग्ने (टोल फ्री) सेवा उपयोग गर्न पाइने भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आजदेखि यस्तो सेवा सुरु गरेको हो । अब भूकम्पपीडितले आवास निर्माण तथा पुनःनिर्माणसम्बन्धी कुनै जानकारी चाहिए वा गुनासो गर्नुपरे प्राधिकरणको हेल्पलाइनमा फोन गर्न सक्नेछन् ।

नेपाल टेलिकमको फोन प्रयोगकर्ताले १६६०–०१–७२००० र एनसेल प्रयोगकर्ताले ९८०१५–७२१११ मा फोन गर्दा आवश्यक जानकारी पाउनेछन् । इच्छुकले गुनासो दर्ता गरेको भोलिपल्ट जवाफ दिने व्यवस्था गरिएको छ । जवाफ दिन प्राधिकरणले नै प्रश्नकर्तालाई फोन गर्ने व्यवस्था मिलाइएको छ । यो सेवा २४ सै घन्टा उपलब्ध हुनेछ ।

सेवाको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्राडा गोविन्दराज पोखरेलले नमुना गुनासो गरी शुभारम्भ आज गरेका छन् । पोखरेलले पहिलो किस्ता लिई मापदण्डअनुसार जग हालेको तर दोस्रो किस्ता लिने प्रक्रिया पूरा गर्नका लागि कोही पनि अवलोकन गर्न नआएको नमुना गुनासो गरेका थिए ।

“यो सेवा लाखौँ भूकम्पपीडितका लागि उपयोगी हुन्छ, यसले पुनःनिर्माणमा थप सहयोग गर्नेछ, यसका कारण पीडित तथा प्राधिकरणबीच दुईतर्फी सञ्चारमा मद्दत पुग्छ”– उनले भने ।
सेवा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक तथा प्राविधिक सहयोगमा सुरु गरिएको सो अवसरमा जानकारी गराइयो । शुभारम्भ कार्यक्रममा युएनडिपीकी नेपाल उपनिर्देशक सोफी केम्खाडजेले सेवाले प्राधिकरणलाई स्थानीयस्तरको स्थिति बुझ्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।
१७ जेठ २०७४

वि.सं.२०७४ जेठ १७ बुधवार १९:३३ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...