back
NMB ad

कुलबहादुर तामाङको हत्यारा पक्राउ नपरेपछि एमाले नेताले गुहारे मानवअधिकार आयोग

Kumari bank ad

काठमाडौं । नेकपा एमालेका नेता तथा सांसदहरुले दोलखाको जुँगु निवासी कुलबहादुर तामाङको हत्यामा संलग्न नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्तालाई प्रहरी प्रशासनले पक्राउ नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । एमाले नेता तथा दोलखाका सांसदत्रय पशुपति चौलागाई, पार्वत गुरुङ, आनन्दप्रसाद पोखरेल र प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतसहितको टोली बिहीवार हरिहर भवनस्थित मानव अधिकार आयोग पुगी कार्यबहाक अध्यक्ष प्रकाश वस्तीको गम्भीर ध्यानाकर्षण गराएका हुन ।
स्थानीय तह निर्वाचनको क्रममा गत बैशाख २६ गते दोलखाको गौरीशंकर गाउँपालिका वडा नं १ निवासी कुलबहादुर तामाङलाई जुगुको रेशमडाँडामा माओवादी नेतृ देवी खडकासहितका माओवादी नेता कार्यकर्ताले चारैतिरबाट घेरा हाली समातेर भाला रोपी हत्या गरेका थिए । स्थानीय लक्ष्मण जिरेलको होटलमा खाना खाने तयारी गरिरहेको बेला खडका नेतृत्वमा आएको माओवादी आततायी समुहले हवाई फायर, बिष्फोट गराएप्छि भागेका तामाङलाई नजिकै रहेको निलकण्ठेश्वर उच्चमाविको प्रांगणमा लगेर भाला रोपिएको थियो । माओवादी समुहको लगातारको भाला प्रहारबाट भुईमा ढलेका तामाङको आवाज बन्द गर्न उनको मुखमा इटा कोचिएको थियो । हत्या गरेको २३ दिनपछि नेकपा माओवादी केन्द्र दोलखाले अभियुक्तको बचाउँ गर्दै उल्टै धम्की दिएपछि एमाले नेताहरुले मानव अधिकार आयोग गुहारेका हुन ।
तामाङको क्रुरतापूर्वक हत्यापछि फरार रहेका माओवादी नेताहरुले पीडितका परिवारलाई मार्ने धम्की दिएको, मृतकका छोराछोरी बिद्यालयसमेत जान नसकेको र गाउँमा बस्न असुरक्षित भएपछि मृतकका परिवार सदरमुकाम आएको जानकारी दिई एमाले नेताहरुले अभियुक्तलाई जोगाउने र पीडितलाई न्याय नदिने गम्भीर गाडयन्त्र देखिएको भन्दै छानविन गरी न्याय दिलाउन आग्रह गरे । माओवादीले हत्यारालाई जोगाउनु पर्ने आसयसहित बुधवार मात्रै अनुसन्धानलाई नै प्रभावित पार्ने गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय दोलखामा बुझाएको ध्यानाकर्षण पत्र बुझाएका छन । ध्यानाकर्षण पत्रमा माओवादीले प्रहरीले उद्धार गरी उपचारको लागि पठाएको कुलबहादुरको हत्यामा प्रहरी माथि नै गम्भीर प्रश्न उठाएको छ । एमाले नेताहरुले माओवादीको सो काम अपराधी बचाउने सुनियोजित योजनाका साथ आएको बताए ।
‘सरकारमा रहेको एउटा जिम्मेवार पार्टी माओवादी केन्द्रले आफ्नै सरकारले गरिरहेको अनुसन्धानलाई चुनौती दिँदै ध्यानाकर्षणपत्रको नाममा शहिद कुलबहादुर तामाङको हत्यारालाई उन्मुक्ति दिने कुत्सित मनसाय देखिन्छ, थप आपराधिक मानसिकता पनि प्रस्तुत भएको छ, यसरी हत्या गरी खुलेआम मानवअधिकार हनन गर्दै हिडने छुट हुनुहुन्न,’ आयोग नेतृत्वसमक्ष एमाले नेताहरुको भनाई थियो ।
मओवादी नेतृ देवी खडका र बिशाल खडकाकै प्रत्यक्ष संलग्नतामा तामाङको हत्या गरिएको उनीहरुले बताए । ‘माओवादी केन्द्रका नेतृ देवी खड्का, विशाल खड्कालगायतले नेतृत्व गरी हाम्रो पार्टीको तर्फबाट उठाइएका वडा सदस्यका उम्मेदवार गोरे तमाङको छोरा कुलबहादुरको हत्या गरेका हुन, बसिरहेको बेला चारैतिरबाट घेरा हाली आक्रमण गर्दा शिक्षक दिलबहादुर बुढाथोकी गम्भीर घाइते हुनुभई त्रिबि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्छ, त्यो अमानवीय कार्यमा संलगनलाई कानूनी दायरामा ल्याउन आयोगको भुमिका हुनुपर्छ,’ एमाले नेताहरुको भनाई छ ।
बिहीवार नै मृतक तामाङका श्रीमती र छोराछोरीको तर्फबाट आयोगमा उजुरी दर्ता भएको छ । उजुरीमा आफूहरुमाथि पूर्वराज्यमन्त्री देवी खडका र बिशाल खडकासहितका हत्यामा संलग्न माओवादी नेतृत्वबाट बारम्बार ज्यान मार्ने धम्की आइरहेको उल्लेख छ । उनीहरुले हत्यामा संलग्नलाई पक्राउ गरी कार्वाही गराउँदै मानवअधिकारको रक्षा गरिदिनसमेत आग्रह गरेका छन ।
१८ जेठ २०७४

वि.सं.२०७४ जेठ १८ बिहीवार २०:१९ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...