back
NMB ad

राजदरबार हत्याकाण्डको १६ वर्षः राजा दीपेन्द्रको प्रेमकथामा सिनेमा बन्ने !

Kumari bank ad

काठमाडौ । कहालीलाग्दो नारायणहिटी दरवार हत्याकाण्ड भएको १६ वर्ष पूरा भएको छ । बि.सं २०५८ साल जेठ १९ गते राजदरवारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा विरेन्द्र शाहको बंश नै नाश हुनेगरि परिवारका सबै सदस्यको हत्या भएको थियो।

उक्त हत्याकाण्डमा तत्कालिन राजा विरेन्द्रका साथै रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रृतिसहित १० जनाको मृत्यु भएको थियो। घटनापछि तत्कालिन सरकारद्वारा गठित समितिले छानबिनपछि तयार पारेको प्रतिवेदनले घटना तत्कालिन युवराज दीपेन्द्रबाटै भएको ठहर गरेपनि यसलाई आम नेपालीले बिश्वास गर्न सकेका छैनन् ।

विभिन्न पुस्तक र लेखहरुमा उल्लेख भए अनुसार, राजा दीपेन्द्र देवयानी राणासँगको प्रेममा थिए । दीपेन्द्रले देवयानी राणासँग विवाह गर्न खोजेपनि उनकी आमा ऐश्वर्यले उनीहरुको सम्बन्धलाई स्वीकार गरेकी थिइनन् । उनले आफ्नी आमा ऐश्वर्यलाई धेरै सम्झाउने प्रयास गरे तर उनको प्रयास संभव भएन । यसै कारण दीपेन्द्र देवयानीसँग गुपचुपमै विवाह गर्ने तयारीमा थिए । विवेक शाहले मैले देखेको दरवार नामक पुस्तकमा लेखेका छन्,जेठ १९ को घटना हुनुभन्दा एक वर्षअगाडि नै दीपेन्द्रको देवयानीसँग विवाह गर्ने तयारी सुरू गरेका थिए ।

विश्वकै छोटो समयका लागि राजा बनेका दीपेन्द्रको निधन भएसँग उनीहरुको प्रेमकथा पनि रहस्यमय बन्यो । हुनत, विवेक शाहले मैले देखेको दरवार मा दीपेन्द्र र देवयानीको प्रेम प्रसंगलाई धेरथोर कोट्याउने प्रयास छन् । खबर त यो पनि छ कि प्रेमिका देवयानीसँग विवाह गर्न राजपरिवार तयार नभएपछि दीपेन्द्रले दरवार हत्याकाण्ड मच्चाएका थिए । तर, यसको ठोस प्रमाण भने अहिलेसम्म प्राप्त भएको छैन् ।

राजा दीपेन्द्र र उनकी प्रेमिका देवयानीको प्रेमकथालाई विश्वका धेरै पत्रपत्रिकादेखि टेलिभिजनहरुले विशेष प्राथमिकताका साथ आफ्नो सञ्चारमाध्यममा प्रशारण गरेका छन् । तर, अब पहिलो पटक नेपालमा राजा दीपेन्द्र र देवयानीको प्रेमकथामा आधारित भएर नेपाली फिल्म निर्माण हुने भएको छ ।

फिल्मको नाम राखिएको छ दीपेन्द्र सरकार । यो फिल्ममा राजा दीपेन्द्रको भूमिका प्रेमगीत नायक प्रदीप खड्काले निर्वाह गर्दैछन् भने देवयानीको भूमिकाका लागि अहिलेसम्म नायिका तय भएको छैन् । यो फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमका बिच घोषणा गरिएको थियो ।

dipendra-sarkar film

कार्यक्रममा नायक प्रदीप खड्का पूर्व यूवराज दीपेन्द्रले लगाउने पहिरन लगाएर उपस्थित भएका थिए । उनको सुरक्षाका लागि सेनाको पोशाकमा केही व्यक्तिहरु पनि साथमा थिए । उनको पहिरनले कतै कार्यक्रममा यूवराज नै उपस्थित त भएका होइनन् भन्ने झल्को दिन्थ्यो तर पातलो शरीरका कारण प्रदीप दीपेन्द्रको भूमिकामा फिट नहुने चर्चा पनि कार्यक्रम स्थलमै चल्यो । निधनको बखत दीपेन्द्र निकै मोटा थिए ।

हामीले प्रकाशन गरेका तश्वीरहरुबाट पनि तपाईहरुले धेरै अनुमान लगाउन सक्नु हुन्छ कि राजा दीपेन्द्रको रोलमा नायक प्रदीप खड्का फिट हुन्छन् वा हुँदैनन् । तर, प्रदीपले कार्यक्रममा राजा दीपेन्द्रकै जीउडालमा आफूलाई ढाल्ने बताए । प्रदीपले राजा दीपेन्दकै जीउडालमा आफूलाई ढाल्न निकै मिहिनेत गर्नु पर्ने देखिन्छ । सबैभन्दा ठूलो कुरा उनले आफ्नो शरीर राजा दीपेन्द्रको जस्तो बनाउन निकै दुःख गर्नु पर्छ किनकी दीपेन्द्रको भन्दा प्रदीपको तौल निकै कम छ ।

यो फिल्मको प्रदर्शन मिति पनि वि.सं २०७५ को जेठ १९ गतेलाई तोकिएको छ, जुन दिन राजदरबार हत्याकाण्ड भएको थियो । नेपाल, बेलायत र अमेरिकामा छायांकन हुने यो फिल्मका निर्देशक र अन्य कलाकार केही दिनमै सार्वजनिक गरिनेछ ।

विवेक कुमार शाह द्धारा लिखित पुस्तक मैले लेखेको दरवार मा कोरिएको राजा दीपेन्द्र र देवयानी राणाको प्रेमकथाको पाटोमा आधारित भएर फिल्म दीपेन्द्र सरकार बन्न लागेको हो । यो फिल्ममा पूर्वराजा दीपेन्द्रं शाह र उनकी प्रेमिका देवयानी राणाको प्रेम प्रसंगलाई मात्र जोडिनेछ । ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’ निर्माण गरेको आशुषेन फिल्मस्ले यो फिल्म निर्माण गर्न लागेको हो ।

विश्वकै छोटो समयका लागि राजा भएका दीपेन्द्रलाई नेपालको १३ औं राजा घोषणा गरिएको थियो । तर, राजा घोषणा गरिएको तेस्रो दिनमा नै उनलाई मृत घोषणा गरियो । राजा वीरेन्द्र र रानी ऐश्वर्याका जेठा छोरा दीपेन्द्रको ३ जुन, २००१ मा २९ बर्षको उमेरमा निधन भएको थियो । त्यस्तै, राप्रपाका नेता अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी हुन् देवयानी ।

१९ जेठ ०५८ मा भएको नारायणहिटी हत्याकाण्डपछि विरक्तिएकी देवयानीले पाँच वर्षपछि १० फागुन २०६३ मा भारत मध्यप्रदेशका राजपरिवार सदस्य ऐश्वर्य सिंहसँग विवाह गरेकी थिइन् ।

प्रकाशित मितिः २०७४ जेठ १९

वि.सं.२०७४ जेठ १९ शुक्रवार १६:२२ मा प्रकाशित

You can share this post!

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

आगलागीबाट बझाङको अधिकांश भूभाग अँध्यारो   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:४५

चैनपुर, (बझाङ) २१ वैशाख : बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा...

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:३९

काठमाडौं । नेपाल एसबिआई बैंकले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा रहेको...

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

नेपाल लाइफ इन्स्योरेन्सको २३ औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:२९

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ...

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

कसैलाई प्रोत्साहित गर्न र कमजोर पार्न करको दर हेरफेर हुँदैनः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १७:२३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा...