back
NMB ad

गुणस्तरीय स्वास्थ्यसेवा अझै चुनौतिपूर्णः राष्ट्रपति भण्डारी

Kumari bank ad

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले अझै पनि सहज र सुपथ स्वास्थ्य सेवा पु¥याउन चुनौती रहेको बताएकी छिन् ।
नेपाल क्यान्सर अस्पताल हरिसिद्विको आज औपचारिक उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले कडा रोगको उपचारमा ठूलो धनराशि खर्च गर्नपरिरहेको उल्लेख गरिन्।

उनले भनिन्,‘‘ क्यान्सर जस्तै कडा रोगको उपचारमा ठूलो खर्च भइरहेको छ । सरकारले स्वास्थ्य सेवाको क्षेत्रमा सुधारका कदम चालेको छ । निजी अस्पतालले पनि उपचारमा विश्वासनीयता बढाउँदैँ लगेको छ ।’’

कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारको एक्लो प्रयासले मात्र स्वास्थ्य सेवाका उद्देश्य पूरा नहुने भएकाले जनतालाईसँगै लैजान यसै वर्षमा ‘मेरो वर्षः म स्वस्थ मेरो देश स्वस्थ’ नामक अभियान सुरु गरेको स्पष्ट पारे।

उनले भने, ‘‘कडा रोगको उपचार सहज र सस्तो बनाउन प्रारम्भिक अवस्थामा रोगको पहिचान र उपचार गर्न हरेक रोगको प्रोटोकल बनाउन लागिएको छ । त्यसको सुरुवात क्यान्सर प्रोटोकलबाट सुरु भइसकेको छ । भने हरेक स्वास्थ्य केन्द्र र जनता स्वास्थ्य क्लिनिकबाट नसर्ने रोगको परीक्षण र उपचार सुरु गरिएको छ ।’’

उद्योगमन्त्री नवीन्द्रराज जोशीले सबै रोगको उपचार नेपालमै सम्भव बनाउन निजी क्षेत्रले पनि सकारात्मक भूमिका खेलेको बताए ।

नेपाल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा सुदिप श्रेष्ठले उच्चस्तरीय क्यान्सर उपचार दिन चुनौतीको सामना गर्दै अस्पताल सुरु गरिएको बताए।
निजी क्षेत्रबाट सञ्चालित पहिलो सेवाग्राही अस्पतालको रुपमा रहेको छ । रासस

प्रकाशन मितिः २०७४ जेठ २०

वि.सं.२०७४ जेठ २० शनिवार १५:५१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...