back
NMB ad

स्थानिय तहको कानुन निर्माणकाक्रममा मजदुरहरुको खबरदारी अभियान !

Kumari bank ad

हेटौंडा । यातायात क्षेत्रका मजदुर नेताहरुले अबको स्थानिय तहको कानुन निर्माण गर्दा यातायात मजदुरहरु अन्यायमा पर्न नहुने भन्दै नवनिर्वाचित पदाधिकारीको ध्यानाकर्षण गराउन थालेका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन (इटवान) मकवानपुर जिल्ला कमिटिको आयोजनामा हेटौंडामा नवनिर्वाचित जन प्रतिनिधिहरुलाई बधाइ तथा शुभकामना दिंदै सिंहदरबारको अधिकार जनताको घर दैलोमा आएको अवस्थामा मजदुर अन्यायमा नपरुन भनेर नेताहरुले स्थानिय प्रतिनिधिको ध्यानाकर्षण गराए ।

मकवानपुर जिल्ला अध्यक्ष नरहरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा इटवानका उपाध्यक्ष अर्जुन अर्यालले भने, सिहदरवारको अधिकार जनताको घर दैलोमा आएको यो अबस्थामा अधिकार प्रयोग गर्दै रहदा कुनैपनी नागरिकले अन्यायमा परेको महसुस गर्नु नपरोस् । अर्यालले अब स्थानिय निकायले कानुन निर्माण गर्छ कानुन निर्माण गर्दा यातायात मजदुर अन्यायमा पर्नु भएन । यसका लागि नवनिर्वाचित प्रतिनिधिहरु चनाखो बन्नुपर्ने उनको धारणा थियो । र आफुहरुको खबरदारी पनि जारी रहने बताए ।

कार्यक्रममा इटवानका पूर्व उपाध्यक्ष बलराम फुयाल, केन्द्रीय सदस्य मणि पाठक, बिष्णु अर्याल लगायतले मजदुरलाई अन्याय पार्नेगरी कुनैपनि काम नगर्न जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराएका थिए ।

कार्यक्रमले नव निर्वाचित हेटौंडा उपमहानगर पालिका ११ नं वडाका वडा अध्यक्ष गोकर्णप्रसाद पराजुली लगायत वडा सदस्यमा निर्वाचित यातायात मजदुर नेताहरु धर्मराज बस्नेत, जुना दहाल ,शुकराम केसी ,अन्जन तिमल्सिना लगायतलाई सम्मान गरेको थियो । कार्यक्रम संचालन गर्दै सुसान्त गजमेरले स्थानीय प्रतिनिधिलाई सहि बाटो अगाडि बढाउन मजदुरहरुले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोगलाई निरन्तरता दिने संगठनका तर्फबाट प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मितिः २०७४ जेठ २१

वि.सं.२०७४ जेठ २१ आइतवार १३:५५ मा प्रकाशित

You can share this post!

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

मुग्लिन पोखरा सडक: पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३७

दमौली : मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र...

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

एक सय ५१ परियोजना प्रस्तुतीका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:३०

काठमाडौँ, १६ वैशाख: मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...