back
NMB ad

यति बैंकले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने

Kumari bank ad

काठमाडौँ। यति डेभलपमेन्ट बैंक लिमिटेडले उपत्यकाका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गरिदिने भएको छ ।

ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गको विशेष समन्वयमा यति डेभलपमेन्ट बैंकले दरबारमार्ग र त्यस वरपरका नौ स्थानमा जेब्रा क्रसिङ मर्मत गर्न लागेको हो ।

ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गमा आज भएको कार्यक्रममा बैंकका कामु कार्यकारी अधिकृत दिपेश लम्साल र महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

महाशाखाका प्रमुख लामाले वार्षिक ४० देखि ४५ प्रतिशत मानिस जथाभावी बाटो काटेका कारण अकालमा मृत्यु हुने गरेको बताउँदै यसलाई कमी गर्नका लागि जेब्रा क्रसिङ बनाउन साथै मर्मत गरेर बैंकले राम्रो काम गरेको बताउनुभयो । उनले भने – “सामाजिक कामका लागि सबै एकजुट हुनुपर्छ ।”

बैंकका कामु कार्यकारी अधिकृत लम्साल ट्राफिकले चालेको कदममा साथ दिन पाएकामा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

ट्राफिक प्रहरी कार्यालय, दरबारमार्गका प्रमुख प्रहरी निरीक्षक सुनिलजङ्ग शाहले जेब्रा क्रसिङको निर्माणसँगै जथाभावी बाटो काट्ने प्रवृत्तिको अन्त्य हुने बताए ।

महाशाखाले एक हप्ताभित्र उपत्यकाका मुख्य सडकमा जेब्रा क्रसिङ बनाएर जेब्रा क्रसिङको प्रयोग नगर्ने यात्रुलाई कारबाही गर्ने बताएको छ ।

रासस

प्रकाशित मिति:२०७४ जेठ २२

वि.सं.२०७४ जेठ २२ सोमवार ११:५७ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...