back
NMB ad

आतंकवाद संरक्षण गरेको आरोप लगाउँदै कतारसँग चार देशको सम्बन्धबिच्छेद !

Kumari bank ad

साउदी अरब, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्सले सोमवार कतारसँग कूटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका छन् । दोहाले आतंकवादलाई प्रोत्साहन गरेको भन्दै अरब क्षेत्रमा तनाव बढ्दै जाँदा यो कदम चालिएको हो ।

साउदी न्युज एजेन्सी एसपीएले रियादले आफ्नो छिमेकीसँग कूटनीतिक सम्बन्ध तोडेको र सीमा बन्द गरेको बतायो । आफ्नो देशलाई आतंकवाद र अतिवादको खतराबाट सुरक्षित पार्नका लागि यो कदम चालिएको साउदी बताउँछ ।

एसपीएले एक साउदी अधिकारीलाई उद्धृत गर्दै लेख्यो, ‘कतारसँग सबै कूटनीतिक र महावाणिज्य सम्बन्ध तोडिएको छ अनि जमीन, समुद्र र हवाई अड्डाहरू बन्द गरिएका छन् ।’ साउदी सँगसँगै इजिप्ट, युएई र बहराइनले पनि आतंकवादको हवाला दिँदै ऊसँगको सम्बन्ध तोडेको घोषणा गरेका छन् ।

संयुक्त अरब इमरेट्सले कतारले आतंकबादलाई प्रायोजन र संरक्षण गरेको अभियोग लगाउँदै कूटनीतिक सम्बन्ध बिच्छेदको घोषणा गरेको छ । उसले कतारी कूटनीतिज्ञलाई ४८ घण्टाभित्र मुलुक छाड्न आदेश दिएको छ ।

इजिप्टको परराष्ट्र मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै कतारसँगको हवाई तथा सामुद्रिक पारवहन स्थगित गरिएको बताएको छ । साउदीको निकट सहयोगी मानिएको बहराइनले पनि कतारी नागरिकलाई १४ दिनभित्र मुलुक छाडन तथा कूटनीतिक कर्मचारीलाई ४८ घण्टाभित्र फिर्ता हुन आदेश दिएको छ ।

कतारले आतंकवादमा लगानी गरेको भनी हालैका हप्तामा सिधै आरोप लगाइएका लेखहरू अमेरिकी सञ्चारमाध्यममा प्रकाशित भएका छन् । त्यसो त हमास र अफगान तालिबानले दोहामा कार्यालय नै खोलेका छन् । सन् २०२२ मा फूटबलको विश्वकप आयोजना गर्न लागेको कतार इस्लामिक स्टेट आतंकवादी समूहलाई हराउने अमेरिकी नेतृत्वको गठबन्धनमा पनि आबद्ध छ ।

प्रकाशित मितिः २०७४ जेठ २२

वि.सं.२०७४ जेठ २२ सोमवार १२:११ मा प्रकाशित

You can share this post!

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक बनिसकेको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:२४

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक...

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

झापासहित सात जिल्लामा आज हात्तीपाइलेविरुद्धको औषधि खुवाइँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१४

झापा, १६ वैशाखः झापासहित सात जिल्लाका ५१ लाख जनालाई हात्तीपाइले...

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै   

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:१०

काठमाडौँ, १६ वैशाखः आजदेखि यहाँ सुरु हुने तेस्रो लगानी सम्मेलनमा...

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

उपनिर्वाचनः इलाममा मतगणना ११ बजेपछि हुने  

वि.सं.२०८१ वैशाख १६ आइतवार १०:०२

फिक्कल (इलाम), १६ वैशाखः इलाम क्षेत्र नं २ मा शनिबार...

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

तराईमा अत्यधिक गर्मी, घरबाहिर ननिस्कन विभागको अनुरोध   

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:५७

काठमाडौँ, १६ वैशाखः विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम...