back
NMB ad

बैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ,होशियार,यसरी ठगिनुहोला नि !

Kumari bank ad

(यो फोटो नक्कली भिसाको हो)

काठमाडौ। विदेशमा आर्कषक रोजगारी पाउने प्रलोभनमा दलाललार्इ लाखौं लाख पैसा बुझाउँदै हुनुहुन्छ ? त्यो गर्दै हुनुहुन्छ भने रोकिनुस् तपार्इ ठगीमा पर्दै हुनुहुन्छ ।

पोखरा लेखनाथ महानगरपालिका–१८ का सात जना युवालाई बहराईन पठाईदिने भन्दै २४ लाख रुपैयाँ ठगेर धादिङ्ग लापाका श्याम बहादुर तामाङ्ग फरार भएका छन् ।

बहराइनको नक्कली भिषा देखाएर पोखरा लेखनाथ महानगरपालिका १८ सराङकोटका राजकुमार नेपाली, रोशन परियार, रवीन्द्र बि.क., बलराम नेपाली, रमेश परियार र महेन्द्र नेपालीसँग ३ लाख ५० हजार र प्रकाश थापासँग ३ लाख रुपैयाँ उठाएर तामाङ्ग फरार भएको पीडितले बताएका छन ।

हामी यसरी ठगियौ ?

यो २०७३ चैत्र महिनाको कुरा हो । पोखरा आलु माईला चोकमा मेरो दाइ सुमन परियारको टेलर छ । श्याम तामाङ्ग लुगा सिलाउन त्यहाँ आउँथे । हामीहरु बेरोजगार भएको भन्दै दाइलाई राम्रो ठाउँ आए विदेश जाने कुरा ग(यौँ । दाइले श्यामलाई भेटन भन्नुभयो । हामीले भेट्यौँ । उसले सुमन दाइको भाइहरुलाई राम्रै देश पठाईदिने भन्दै हामीलाई आश्वास्त पारे ।

हामीसंगैँ हाम्रा अरु साथीहरुले पनि विदेश जाने कुरा गरे हामी सात जना भयौँ । श्यामले हामीलाई बहराईनमा राम्रो हुन्छ त्यहीँ पठाईदिन्छु नआत्तिन भने । श्याम हाम्रो सराङकोट घर मै गएर २ दिन बसेको पनि छ । यती घनिष्ट भए पछि हामीलाई उ प्रती भरोसा झनै बढ्दै गयो । हामी सबैको पासपोर्ट पनि लियो । चैत्र दोस्रो साता बहराइनको भिषा आएको भन्दै ३ लाख ५० हजार जुटाउन भन्यो । वैशाख १६ गते हामीलाई भिषा देखाएर एक एक लाख रुपैयाँका दरले सातै जनासंग लियो ।

हामी बाँकी २ लाख ५० हजार जुटाउनतर्फ लाग्यौँ । उस्ले बारम्बार फोन गरेर छिटो पैसा तयार गर्न भन्थ्यो । चैत्र २४ गते हामी सबैले पैसा तयार ग¥यौँ । उस्ले हिमालयन बैकंको आफ्नो खातामा पैसा जम्मा गर्न भन्यो । हामी मध्ये प्रकाश थापाले २ लाख र बाँकी ६ जनाले २ लाख ५० हजार रुपैयाँका दरले पोखराको न्युरोडमा रहेको हिमालयन बैकंको शाखामा खाता नं ०४४०५३४३६४००११ मा पैसा जम्मा गर्यौँ ।

वैशाख ५ गते भित्र उडी सक्ने हुनाले अब भिषा लागेको पासपोर्ट र टिकट आउने कुरा श्यामले गरेका थिए । वैशाख १ गतेदेखी श्यामको फोन स्वीच अफ भयो । वैशाख ५ गते नै उडाउँछु भनेको मान्छे सम्पर्कमा नै आएन ।

वैशाख ३ गते श्यामको साथी बताउने एक जनाले फोन गरेर पासपोर्ट गाडीमा आउने भन्दै बसपार्कमा गएर लिन भने । हामी त टिकट, भिषा पासपोर्ट आयो होला भन्दै खुसी भएर बसपार्क गयौँ । नारायणगढको बसमा हाम्रो पासपोर्ट मात्रै आएको रहेछ । हामी झसंग भयौँ । टिकट र भिषा खोई भनेर सोध्न सम्पर्क गर्दा सबै सम्पर्क नम्बर अफ छ । हामी त लुटिएका रहेछौँ ।

न्यायको खोजीमा

हामीसंग श्यामलाई पैसा दिएको प्रमाण भनेकै बैकं भौचर मात्रै थियो । यसैका आधारमा कारबाही अगाडी बढाउन नमिल्ने भन्दै बैदेशिक रोजगार विभाग जान कास्की प्रहरीले भन्यो । हामी काठमाडौँ आएर विभागमा उजुरी गर्न गयौँ । बैंकको रसिदकै भरमा उजुरी दिन नमिल्ने भन्दै विभागले उजुरी लिन अटेर ग(यो ।

इमोमा भएको च्याट देखाएर हामी ठगिएका हौँ भनि बिन्ति गरेपछि बल्ल विभागले उजुरी दर्ता ग¥यो र उसलाई पक्राउ गरि पठाउन धादिङ्ग र कास्की प्रहरीलाई चिठ्ठी लेख्यो । दुबै ठाउँका प्रहरीले श्याम तामाङ्ग फेला पार्न नसकिएको जानकारी दिएको छ । हामीले न्याय पाउन सकेनौँ । ऋण गरेर ल्याएको पैसा डुब्यो । हामी बिच्चल्लीमा पर्यौँ ।

प्रकाशित मितिः २०७४ जेठ २४

वि.सं.२०७४ जेठ २४ बुधवार १४:५७ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...