back
NMB ad

बंगुरको मासु खाँदै नाच्नेलाई असार पहिलो हप्ता पोखरामा स्वागत

Kumari bank ad

पोखरा । बङ्गुरको मासुको प्रवद्र्धनका लागि पोखरामा असारको पहिलो हप्ता तेस्रो पोर्क फेस्टिबल गरिने भएको छ ।

‘पोर्क सेतो स्वस्थ मासु’ भन्ने मूल नाराका साथ पोखराको प्रदर्शनी केन्द्रमा आगामी असार २, ३ र ४ गते फेस्टिबलको आयोजना गर्न लागिएको हो ।

बङ्गुर व्यवसाय प्रवद्र्धन र बङ्गुरबाट बन्ने विभिन्न परिकारका स्वाद लिन पोर्क फेस्टिबलको आयोजना गर्न लागिएको बङ्गुर ब्रिडर कृषक सहकारी संस्था लिमिटेड पोखराका अध्यक्ष तथा पोर्क फेस्टिबलका संयोजक योगबहादुर आचार्यले जानकारी दिए ।

उनका अनुसार महोत्सवमा सेतो पोर्कको बजारीकरण, आहारा, खोर व्यवस्थापन, यान्त्रीकरणका बारेमा व्यावसायीलाई जानकारी गराइने छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त महोत्सवमा बङ्गुर उत्पादनका लागि ब्रिडर फार्म, उपकरण, दाना, औषधि, वित्तीय संस्था तथा प्राविधिक परामर्श, बधशाला तथा प्रशोधनसम्बन्धी स्टल समेत राखिने उहाँले बताए ।

बङ्गुरको मासुबाट बन्ने परिकारका २० वटा रेस्टुराँ रहने सो महोत्सवमा विभिन्न जातजातिका नृत्य तथा झाँकी, लोक तथा दोहोरी गीत र सङ्गीत कार्यक्रमसमेत राखिएको छ ।

२८ जेठ २०७४

वि.सं.२०७४ जेठ २७ शनिवार ०८:०२ मा प्रकाशित

You can share this post!

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:५१

म्याग्दी :  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको...

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

डढेलो निभाउन सघाउने सिम्रिक एयरको प्रतिबद्धता   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४६

काठमाडौँ, २२ वैशाख : निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:४२

काठमाडौँ, २२ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २२ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २२ शनिवार ०६:३८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

नेतृत्वले काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २१ शुक्रवार २०:००

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

‘वेब डिजाइन’को भविष्य : कसरी ‘वेबसाइट’ले उपभोक्तालाई मद्दत गर्न सक्छ ?   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार १९:५४

नयाँ दिल्ली, २१ वैशाख वेबसाइटले डिजिटल युगमा कम्पनी वा संस्थाको...