back
NMB ad

उपत्यकाबाट ४६ मेट्रिक टन फोहर व्यवस्थापन

Kumari bank ad

काठमाडौँ । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४६ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २१३ औँ हप्तामा शनिबार त्रिपुरेश्वर नयाँपुलमा सफाइ गरिएको हो ।

आजको वाग्मती सफाइबाट १५ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता उमेश बोहराले जानकारी दिएका छन् ।
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख ज्योतिकुमार श्रेष्ठले सपथ खुवाइ सुरु गर्नुभएको सफाइमा ४०० व्यक्तिको सहभागिता रहेको थियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गायत्री परिवार, हलेशी डेकोर, युरेशिया रेयुकाइ, एक्सीस स्कुल, ग्लोवल पिस फाउन्डेसन, रोयल सहकारी, सिस्नुपानी नेपाल, नेपाल विज्ञापन सङ्घ, नेपाल एस जि आई, साया समुह, फ्रेन्डस क्लव ललितपुर, निर्माण नेपाल, सुपादेउराली युथ, ओसो नेपाल नदी संरक्षण संस्था लगायत संस्थाको सक्रिय सहभागिता थियो ।
सफाइमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा, वरिष्ठ प्रहरी उपरीक्षक गणेश ऐर, कलाकार सीताराम कट्टेल, अर्जुन धरेल, टङ्कराज आचार्य, नारायण श्रेष्ठ, हेमराज कार्कीलगायत व्यक्तित्वको सहभागिता थियो ।
पुडासैनी मैत्री समाज र राम्रो जोरपाटी हाम्रो जोरपाटीले गुह्येश्वरीमाथिको वाग्मतीमा गरेको १७४ औँ हप्ताको सफाइमा आज गोकर्णेश्वर नगरपालिका वडा नं ५ स्थित वाग्मती नदी किनारमा बनाइएको उद्यानमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा १०० जनाको सहभागिता रहेको समाजका अध्यक्ष उत्तम पुडासैनीले बताए ।
यसैगरी रुद्रमती सफाइको १७२ औँ हप्तामा आज रातोपुल–गौशाला–बत्तीसपुतली राममन्दिर–सेतोपुल हुँदै मैतीदेवी मन्दिरसम्म जनचेतनामूलक घरदैलो अभियान सहित सरसफाइ गरियो । आजको सफाइबाट एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिए । सफाइमा वडा नं ३० बाट निर्वाचित वडा अध्यक्ष दलबहादुर कार्कीसहित वडा सदस्य लगायत ३०० जनाको सहभागिता थियो ।
विष्णुमती सफाइको १४४ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको वडा नं १० स्थित तारकेश्वर गुम्बामा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २०० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।
तिलगङ्गा महिला समुहले तिलगङ्गास्थित वाग्मती किनारमा ६८ जनाको सहभागितामा गरेको १२१ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा काठमाडौँ महानगरपालिका वडा नं ८ बाट निर्वाचित वडा अध्यक्ष दिनेश डङ्गोल लगायत सदस्यहरुको पनि सहभागिता थियो ।
यसैगरी चक्रपथ सफाइको नवौँ हप्तामा आज सामाखुसीचोकबाट पश्चिमतर्फ सफाइ गरी २० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासी लगायत होटल व्यवसायी सहित ३५० अभियानकर्मीको सक्रियता थियो ।
वाग्मती सफाइ महाअभियानबाट प्रेरित भई विसं २०७४ वैशाख २ गतेदेखि सुरु गरिएको मीनभवन आलोकनगर सफाइ अभियानले आज नौ हप्ता पूरा गरेको छ । सफाइको नेतृत्व सकारात्मक मातृशक्ति आवाजले गरेको छ ।
विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको थियो । सो महाअभियानबाट प्रभावित भएर देशभर २६ स्थानमा सफाइ भइरहेको छ ।

प्रकाशित मितिः २०७४ जेठ २७

वि.सं.२०७४ जेठ २७ शनिवार १४:०१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...