back
NMB ad

जर्मनीमा २०१७ का लागि पाँच लाख रोजगारीको माग

Kumari bank ad

जर्मनी । जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीले सोमबार सार्वजनिक गरेको एक सर्वेक्षण प्रतिवेदन अनुसार जर्मनीमा सन् २०१७ भरीमा पाँच लाख रोजगारी थप्नु पर्ने भएको छ ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष स्वास्थ्य क्षेत्रमा मात्रै एक लाख ३० हजार रोजगारी थपिने छ । बुढाबुढीहरुको संख्या बढ्दै गएकाले उनीहरुको हेरचाहका लागि स्वास्थ्य क्षेत्रका जनशक्तिको आवश्यकता बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

त्यसैगरी खाद्य सेवा, विज्ञापन एजेन्सी, अनुसन्धान फर्म लगायतका कार्यालयहरुले झण्डै एक लाख ३० हजार रोजगारी सृजना गर्ने अनुमान गरिएको छ ।

सर्वेक्षण गरेको संस्थाका निर्देशक मार्टिन वान्सलेबेनले त्यस बाहेक अन्य १ लाख पद व्यापारिक क्षेत्र, यातायात क्षेत्र र पर्यटन क्षेत्रबाट सृजना हुने बताए । उनले शिक्षा क्षेत्रले झण्डै ५० हजार जनालाई रोजगारी दिने विश्वास व्यक्त गरे ।

“डिजिटल प्रविधिको प्रयोग सम्वन्धी तालिम र शरणार्थीहरुलाई योग्यता बढाईदिने कार्यको अत्यधिक धेरै माग भएकाले शिक्षा क्षेत्र नाफाका दृष्टिकोणले आकर्षक क्षेत्र भएको छ,” उनले भने ।

अपेक्षित रोजगारीका लागि निर्माण उद्योगबाट ३५ हजार पद थपिन सक्ने छ । न्युन व्याजदर र घर निर्माण कार्य बढ्दै गएकाले यस क्षेत्रमा पनि रोजगारी बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मितिः २०७४ जेठ ३० हामी धादिङ

वि.सं.२०७४ जेठ ३० मंगलवार ११:५७ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...