back
NMB ad

नाट्टा चाइना सेल्स मिसनको निष्कर्षः नेपाल पर्यटकहरुका लागि विश्वमै उत्तकृष्ट गन्तव्य

Kumari bank ad

काठमाडौँ । नाक्टा चाइना सेल्स मिसन (नाट्टा)ले बेजिहाङमा आयोजित समारोहमा नेपाल पर्यटकहरुका लागि विश्वमा नै एउटा अद्वीतिय गन्तव्यका रुपमा रहेको उच्च हिमाच्छादित पर्वत श्रृंखलाहरुले भरिपूर्ण भगवान बुद्धको जन्मस्थल रहेको निष्कर्ष गरेको छ ।
चीनमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गएको ३२ सदस्यीय नाट्टा प्रवद्र्धन टोलीले चेङदू, ग्वाङजाओमा नेपाल प्रवद्र्धन कार्यक्रम सकेर सोमबार हाङ्गजाओमा नेपाल–चीन पर्यटन प्रवद्र्धन मिशन सम्पन्न गरेको छ ।
मिशनमा प्रमुख अतिथि सांघाईका अवैतनिक बाणिज्य महादूत जीयानमिङ उ ले हाङ्गजाओमा आयोजित समारोहमा नेपाल एवम् चीनका सांस्कृतिक तथा प्राकृतिक सौन्दर्यका बारेमा बोल्दै यी दुई मुलुकहरुमाझ रहेको शताब्दीयौं पुरानो मित्रताको जिकिर गरेका छन् ।
चीन विश्वमा नै सबैभन्दा अधिक पर्यटकहरुलाई विश्व–भ्रमणमा पठाउने दोश्रो मुलुक भएकाले नेपालले चिनियां पर्यटकहरुलाई नेपाल भ्रमणमा आकर्षित गरि धेरै लाभ आर्जन गर्न सक्ने संभावना रहेको उनले जनाए । नाट्टाले आयोजना गरेको यस प्रवद्र्धन मिशनको सफलताको कामना गर्दै उनले चीनबाट सम्पूर्ण सहयोग रहने विश्वास दिलौका छन् ।
नेपाल चीन पर्यटन प्रवद्र्धन मिशनको हाङजाओमा भएको उक्त कार्यक्रमलाई नाट्टाका अध्यक्ष तथा टोली प्रमुख मधुसूदन आचार्यले सम्बोधन गर्दै पर्यटनको आदान–प्रदानबाट दुई देश बीचको विद्यमान मित्रता झन् बलियो हुंदै जाने कुरामा नाट्टा दृढ रहेको अभिव्यक्ति दि एका छन् ।
नेपाल पर्यटन बोर्डका का.मु निर्देशक सुनिल शर्माले नेपालका पर्यटकीय आकर्षणहरुको चर्चा गर्दै चिनियां लगानीकत्र्ताहरुलाई नेपालको पर्यटनमा लगानीका प्रशस्तै अवसरहरु रहेको पनि उल्लेख गरेका छन् ।
हाङजाओमा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ । नाट्टाको संयोजन तथा नेपाल पर्यटन बोर्ड, चीनको पर्यटन च्याम्बर तथा एअर चाईनाको संयुक्त सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा त्यहाँ आयोजित बीटूबीमा हाङजाओका ६१ जना टूर व्यवसायीहरु नेपालबाट गएका २२ वटा पर्यटन सम्बद्ध कम्पनीहरु सहभागी रहेका थिए । नाट्टाको यो कार्यक्रम आज बेइजिङ्गमा सम्पन्न हुँदै छ ।
प्रकाशित मितिः २०७४ जेठ ३१

वि.सं.२०७४ जेठ ३१ बुधवार १०:५६ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...