back
NMB ad

 किन हटाइएन अझै नगरबाट प्रचार सामग्री   ?

Kumari bank ad

भक्तपुर । स्थानीय तहको निर्वाचनमा प्रयोग भएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका फोहोर भएको छ ।

पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचन सम्पन्न भएको आज ठीक एक महिना पुगेको छ । एक महिना बितिसक्दा पनि राजनीतिक दलहरुले निर्वाचनमा प्रयोग गरिएका प्रचार सामग्री नहटाउँदा जिल्लाका चार नगरपालिका कुरुप बनेका हुन् । भक्तपुरमा स्थानीय तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो ।
जिल्लाको भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकामा दलहरुका निर्वाचन सामग्रीले अझै रङ्गिएका छन् । निर्वाचन आचारसंहितामै निर्वाचन सकिएलगत्तै प्रचार सामग्री हटाउनु पर्ने व्यवस्था गरिए पनि दलका नेताले भने यसको कार्यान्वयन गरेका छैनन् ।

जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले निर्वाचन सकिएलगत्तै त्यस्ता निर्वाचन सामग्री दलहरुले हटाउनु पर्ने आचारसंहिता रहेको स्पष्ट पारे । आचारसंहिता अनुरुप काम नगर्दा निर्वाचन सामग्री रहेको उनी बताउँछन् ।

दलहरुले निर्वाचनका लागि राखेको ब्यानर, तुल, फ्लेक्स, निर्वाचन चिह्न र पार्टीका झन्डा अझै पनि टोलटोल, गल्लीगल्ली र एतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाका भित्ताभित्तामा टाँसिएर राख्दा नगर कुरुप बनेको हो । यसबारे विभिन्न दलका नेताहरुले केही दिनभित्रै त्यस्ता प्रचार सामग्री हटाउँला भन्ने जवाफ दिएका छन् ।

प्रकाशित मितिः २०७४ जेठ ३१

वि.सं.२०७४ जेठ ३१ बुधवार १२:४१ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १६ आइतवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...