back
NMB ad

यतिबेला होटल व्यवसायी निराश बन्नुको कारण के ?

Kumari bank ad

म्याग्दी। धौलागिरि गाउँपालिका–४ मुदीको दोभानमा होटल सञ्चालन गर्दैआउनुभएका बोमबहादुर पुन हिजोआज निराश देखिन्छन् । धौलागिरि पदयात्रा र हिमाल आरोहणका लागि उक्त ठाउँ भएर पर्यटक आउन छोडेपछि उनी निराश भएका हुन् ।

पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गरेपनि पछिल्लो समय उनीहरुले हेलिकप्टर चढ्न थालेपछि सो क्षेत्र सुनसान बनेको छ । पदमार्गको स्तरोन्नती नहुँदा तथा सो क्षेत्रमा सञ्चारको सुविधा नभएका कारण पर्यटकले हेलिकप्टर रोजेका हुन् ।

पदमार्गअन्तर्गत बेनीहुँदै ताकम पुगेका पर्यटक अधिकांशले आधारशिविरसम्म पुग्नका लागि विभिन्न ट्रेकिङ एजेन्जीसँगको समन्वयमा हेलिकप्टर चढ्ने गरेका छन् । पदमार्गलाई लक्षित गरी सञ्चालन गरिएका होटल व्यवसायी समस्यामा परेका छन् ।

“पदमार्गलाई व्यवस्थित तथा सञ्चारको सुविधा उपलब्ध गराउन नसके हाम्रो व्यवसाय धरापमा पर्छ,” उनले भने । धौलागिरि पदमार्ग भएर असोजदेखि मङ्सिरसम्म तथा फागुनदेखि जेठसम्म पर्यटकको बढी आवतजावत हुन्छ । तर वर्षौँदेखि दुर्गममा होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी दैनिकी चलाउन नसक्ने अवस्थामा पुगेका पुन बताउँछन् ।

धौलागिरि पदमार्गभएर बर्सेनि एक हजार ५०० भन्दा बढी पर्यटक आउने जाने गरेका छन् । पछिल्लो समय हेलिकप्टरको प्रयोग हुन थालेपछि यहाँका होटल व्यवसायी चिन्तित बनेका छन् । धौलागिरी पदमार्गअन्तर्गत इटाली आधार शिविरमा २७ वर्षदेखि होटल व्यवसाय गर्दै आएका हरि तिलिजा पर्यटकको सङ्ख्या घट्दै गएपछि आफूहरु समस्यामा परेको बताउँछन् ।

हिमाल आरोहणमा जाने पर्यटकले पदयात्रा गरेर आधारशिविरसम्म पुग्न करिब ६ दिन लाग्छ । पर्यटकसँग सामान धेरै भएका कारण भरियाको अभावमा उनीहरुले हेलिकप्टर चार्टर गर्दैआएका छन् । पदमार्गअन्तर्गत सल्लाघारी, तलित्रेखोला, नौलोवन, म्याग्दी नदीको मुहानलगायत खोलामा झोलुङ्गे पुल छैन ।

“भिर पहिरोमा साँघुरो बाटोमा पर्यटकले जोखिम मोलेर हिँड््न चाहँदैनन्,” तिलिजाले भने । स्थानीय बासिन्दाले काठको अस्थाई साँघु बनाएर आवतजावत गर्ने गरेका छन् ।

धौलागिरि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी थमसरा पुन धौलागिरि पदमार्गको विकासका लागि गुरुयोजना तयार गर्नुपर्ने आवश्यकता रहेको बताउँछिन् । पर्यटनसँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग समन्वय गरी पदमार्ग र सञ्चार क्षेत्रको विकास र पहुँच विस्तार गरिने उनको भनाइ छ ।

प्रकाशित मितिः २०७४ असार २

वि.सं.२०७४ असार २ शुक्रवार १६:१० मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...