back
NMB ad

ओलम्पिक दिवसका कार्यक्रमहरु यस्ता छन् !

Kumari bank ad

काठमाडौ। नेपाल ओलम्पिक कमिटीले ओलम्पिक दिवस सन् २०१७ का अवसरमा साताव्यापी कार्यक्रम सुरु गरेको छ । शनिबारदेखि सुरु भएको सो कार्यक्रम यही असार ९ गतेसम्म जारी रहने छ ।

सो कार्यक्रमअन्तर्गत नेपालका विभिन्न जाति तथा समुदायका सांस्कृतिक कार्यक्रम तथा विभिन्न खेलकुद, सडक चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने छ । कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको झन्डा फहराएर कार्यक्रमको शुभारम्भ गर्दै ओलम्पिक आन्दोलन हरेक मानव जातिको स्वस्थ्य जीवन तथा बौद्धिक विकासका लागि महत्वपूर्ण रहँदै आएको बताए ।

सो दिवसअन्तर्गत टेनिस, बास्केटबल, कबर्दी, तेक्वान्डो, गल्फ, बक्सिङ, साम्बो, पौडी, चेस, सुटिङ, धनुकाँडलगायत खेल सञ्चालन गरिने आयोजकले जनाएको छ । त्यस्तै जुडोका खेलाडीले सडकमा ट्राफिक व्यवस्थापनमा सहयोग गर्नेछन् ।

आधुनिक आोलम्पिक खेलको सुरुआत सन् १८९४ जुन २३ मा भएको हो । त्यसैको सम्झनामा प्रत्येक वर्ष विश्वभर सो दिवस मनाइँदै आएको छ । नेपालसहित विश्वका २०७ राष्ट्र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्य मुलुकका रुपमा छन् । नेपालले सन् १९६३ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको सदस्यता प्राप्त गरेको थियो ।

प्रकाशित मितिः २०७४ असार ४

वि.सं.२०७४ असार ४ आइतवार १३:१७ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...