back
NMB ad

 पेरिसबाट चीन आएको विमान टर्बुलेन्समा ठोक्किँदा २० जना घाइते

Kumari bank ad

बेइजिङ। ‘चाइना इस्टर्न एयरलाइन्स’ को फ्रान्सको राजधानी पेरिसबाट चीनका लागि छुटेको विमान अवतरण गर्न आकाशबाट तल झर्ने क्रममा टर्बुलेन्समा ठोक्किँदा विमानभित्र रहेका २० जना यात्री घाइते भएका छन् ।

सिन्ह्वा न्युज एजेन्सीका अनुसार चाल्र्स डे गौल विमानस्थलबाट चीनको युनान प्रान्तस्थित कुनमिङ चाङ सुई विमानस्थलका लागि छुटेको एमयू ७४४ नम्बरको उडान अवतरणका लागि आकाशबाट झर्ने क्रममा समस्या आएपछि विमानमा सवार २० जना घाइते भएका हुन् ।
घाइतेमध्ये चार जनालाई गम्भीर चोट लागेको बताइएको छ ।

विमानमा यात्रारत यात्रुमध्ये कतिपयको हाड भाँचिएको, टाउकामा गहिरो चोट लागेको र केहीको नरम तन्तु च्यातिएको अस्पताल स्रोतले जनाएको छ ।
विमानको ‘ओभर हेड लकर’ मा राखिएका झोला वा ठक्करका कारण उनीहरु घाइते भएका बताइएको छ । घाइते यात्रुको परिचय कम्पनीले खुलाएको छैन ।

स्थानीय समय अनुसार बिहान ९ बजेको समयमा करिब एक घण्टा ढिलो गरी अवतरण भएको विमान र दुर्घटनाबारे विमान कम्पनीले विस्तृत विवरण तत्काल दिन अस्वीकार गरेको छ ।

प्रकाशित मितिः २०७४ असार ५

वि.सं.२०७४ असार ५ सोमवार ०८:०८ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...