back
NMB ad

पोखरामा बङ्गुर पार्क निर्माण सुरु

Kumari bank ad

पोखरा । लेखनाथ महानगरपालिका– ३३ बाघमारा (सहरेतरा) मा मुलुककै नमुना बङ्गुर व्यवसाय औद्योगिक पार्क निर्माण सुरु गरिएको छ । पशुपक्षी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय बङ्गुर, कुखुरा प्रवद्र्धन कार्यालय हरिहर भवन ललितपुरको ७० प्रतिशत तथा २६ जना व्यवसायीको ३० प्रतिशत लगानीमा निर्माण गरिने सो पार्कमा उन्नत नश्लका बङ्गुरका बच्चा उत्पादन, दाना उद्योग ,बधशाला, कृत्रिम गर्भाधान समेतको व्यवस्था रहने छ ।

रु पाँच करोडको लागतमा निर्माण सुरु भएको सो पार्कमा वार्षिक २५० टन बङ्गुरको मासु उत्पादन गरी बिक्री वितरण गरिने व्यवसायी एवम् पूर्व सांसद कृष्णबहादुर गुरुङले जानकारी दिए । बङ्गुर व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउने उद्देश्यका साथ १४० रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिई पार्क निर्माण सुरु गरिएको हो । आव २०७४र७५ को अन्त्यतिर सो पार्क निर्माण सम्पन्न हुनेछ ।

पछिल्लो समय व्यावसायिक रुपमा बङ्गुरपालक कृषकको सङ्ख्यामा वृद्धि हुँदैगएको र देशभरको माग अनुसारको बङ्गुरका पाठापाठी र मासुको आपूर्ति गर्ने लक्ष्यका साथ पार्क निर्माण थालिएको गुरुङ बताउनुहुन्छ । देशभरको रेस्टुराँमा बङ्गुरको मासुका परिकारलाई समेट्न नसकिरहेको अवस्थामा यस पार्कबाट मासु प्रवद्र्धनमा सहयोग पुग्ने उनको भनाइ छ ।

पार्कलाई दुर्गन्धित हुन नदिन वरिपरी पर्खाल निर्माण गरिने र शुद्ध खानेपानीको व्यवस्थाको लागि बोरिङसमेत खनिसकिएको छ । चीन, जापान, दक्षिण कोरिया, भुटान र युरोपका विभिन्न देशमा बङ्गुरको मासु अत्यधिक खपत हुने गरेकामा नेपालमा नकारात्मक सोचका कारण एकदमै न्यून मात्रै बिक्री वितरण हुने गरेको पाइन्छ ।

पशुपक्षी विकास मन्त्रालयले बङ्गुरको उत्पादन वृद्धि गर्न र व्यवसायीलाई यसतर्पm आकर्षित गर्न विशेष नीति ल्याएको पशुसेवा विभागका महानिर्देशक डा. विमलकुमार निर्मल बताउँछन् । न्यूजएग्रोबाट

प्रकाशित मितिः २०७४ असार ७

वि.सं.२०७४ असार ७ बुधवार १२:१२ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...