back
NMB ad

भारतीय अन्डा भित्रिएपछि बर्डफ्लुको जोखिम बढ्दो

Kumari bank ad

पर्सा । वार्षिक १५ करोड रुपैयाँभन्दा बढीको अन्डा उत्पादन हुने बारामा खुल्ला सीमाको कारण दिनहुँ भारतीय अन्डा भित्रिन थालेपछि बर्डफ्लुको जोखिम बढ्दै गएको छ । खुल्ला सीमाको फाइदा उठाउँदै तस्करले भारतबाट कुखुराको अन्डा तस्करी गरी नेपाल भित्रयाउने गरेका छन् ।

बाराको दक्षिणी सीमावर्ती क्षेत्रसँग जोडिएको भारतको घोडासन, आदापुर तथा नेपाली नाका मटिहर्वा, कबैगोठ, सीमरौनगढ, कचोर्वालगायत नाकाबाट तस्करले साइकल, मोटरसाइकल र जिपमा ठूलो परिमाणमा अन्डा तस्करी गरी बाराको ग्रामीण भेगका बजारमा पुर्‍याउने गरेका छन् । जिल्ला पशुसेवा कार्यलय बाराका वरिष्ठ पशु विकास अधिकृत डा देवनन्नदन साह सुरक्षाकर्मीको लापरबाहीका कारण भारतीय अन्डा नेपाल भित्रिने गरेको बताउँछन् ।

तस्करले क्वारेन्टाइन चेक पोस्टमा कार्यरत सुरक्षाकर्मी र कर्मचारीलाई मासिक रुपमा घुस खुवाउने गरेका नेपाली व्यापारीको आरोप छ । सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बाराका सशस्त्र प्रहरी उपरीक्षक कुमार न्यौपाने सीमा नाकामा व्यापक कडाइ गर्दै आएको बताउँछन् । सरकारले भारतीय अन्डा आयातमा प्रतिबन्ध लगाएको छ । – रासस

प्रकाशित मितिः २०७४ असार ८

वि.सं.२०७४ असार ८ बिहीवार १५:०४ मा प्रकाशित

You can share this post!

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

शिक्षक सेवा आयोगले माग्यो करिव साढे चार हजार शिक्षक (सूचनासहित)

वि.सं.२०८१ वैशाख १५ शनिवार ११:२०

काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीमा चार...

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...