back
NMB ad

गाउँमा हाते चिया उद्योग खुल्दै

Kumari bank ad

इलाम । यहाँका गाउँमा साना चिया कृषकले आफैँले हाते चिया प्रशोधन उद्योग खोलेका छन् ।

हरियो चियापत्ती प्रशोधनको समस्या झेल्दै आएका किसानले ड्रायरमा सुकाएर हरियो चियापत्ती प्रशोधन गर्न थालेका हुन् । जिल्लाका ठूला चिया कारखानामा हरियो चियापत्ती प्रशोधनको समस्या भएपछि किसान आफैँले उद्योग खोल्ने क्रम बढेको हो ।

ड्रायर र फेन सहित गाउँमा पाइने सामग्रीको सहायाताले किसानले चिया प्रशोधन उद्योग सञ्चालनमा ल्याएको कन्यामका किसान काजीमान कागतेले बताए ।
विषादीको प्रयोगले चियाको अन्तर्राष्ट्रिय बजार सङ्कटमा परेका बेला किसानले अग्र्यानिक चिया उत्पादन गर्दै आएका छन् । घरमा चिया प्रशोधन उद्योग खोल्नका लागि ठूलो खर्च नलाग्ने साखेजुङका मोतिराम दाहालको भनाइ छ । “स्थानीय क्षेत्रमा पाइने सामग्रीको उपयोग गरी उद्योग स्थापना गरिएको छ”, उनले बताए “आफ्नो मात्र नभएर गाउँका अन्य किसानको समेत हरियो चियापत्ती प्रशोधन गर्न सकिन्छ ।” दाहालले पाथिभरा अग्र्यानिक हाते चिया प्रशोधन उद्योग खोल्नु भएको हो । हाते उद्योगबाट वार्षिक रु तीन लाख आम्दानी हुने उनको भनाइ छ ।

सो उद्योग खुलेपछि गाउँका किसानले पनि हरियोपत्तीको उचित मूल्य पाउँदै आएका छन् । चिया कारखानाले हरियो चियापत्ती प्रतिकिलो रु २३ मा खरिद गर्ने गरेकामा हाते चिया प्रशोधन उद्योगले प्रतिकिलो रु ३६ प्रदान गर्दै आएको छ । चियामा रसायनिक मल प्रयोगमा प्रतिबन्ध लगाएका किसानले साखेजुङ गाविसमा ५ वटा यस्ता उद्योग सञ्चालनमा आएका छन् ।

हाते चिया प्रशोधनका लागि घरेलु तथा साना उद्योग विकास समितिले किसानलाई तालिम प्रदान गरेपछि नयाँबजार, साखेजुङ, मङ्गलबारे, माइपोखरी, सुलुबुङ, कन्याम, जितपुरका किसानले तीन वर्ष अगाडिदेखि सो उद्योग सञ्चालन गर्दै आएको प्रमुख उद्योग अधिकृत नवीन पौडेल उल्लेख गरे ।

किसानले उत्पादन गर्दै आएको अज्र्ञानिक चियाको बजारीकरणका लागि औद्योगिक प्रदर्शनी गर्दै आएको उद्योग विकास समितिले जनाएको छ । अग्र्यानिक चिया नेपाल, भारत, क्यानडालगायत युरोपका देशमा निर्यात हुने गरेको छ ।

घरेलु तथा साना उद्योग विकास समितिमा २३ वटा हाते चिया प्रशोधन उद्योग दर्ता भएको उद्योग अधिकृत पौडेलले जानकारी दिए । रासस (फाइल फोटो)

प्रकाशित मितिः २०७४ असार

वि.सं.२०७४ असार १२ सोमवार १३:१६ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...